आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

बाग्लुङमा प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान #FileriaDisease

Nam Raj Bhatta by Nam Raj Bhatta
March 1, 2023
in News
A A
0
Hatti-paele

Hatti-paele

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

गलकोट, १७ फागुन २०७९

बागलुङमा ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४औँ चरणको हात्तीपाइले निवारण अभियान सुरु गरिएको छ।

जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो।

तेह्र वर्षदेखि निवारण हुन नसकेको हात्तीपाइले निवारणका लागि आम औषधि अभियानलाई प्रभावकारी बनाउन विभिन्न रचनात्मक नारा तथा अभियानसहित आम औषधि सेवन अभियान सुरु गरिएको छ।

सामान्यतः छ वर्षमा निवारण भएको हात्तीपाइले बाग्लुङमा १३ वर्षमा समेत निवारण नभएपछि यस पटक हात्तीपाइले निवारण अभियानका लागि स्वास्थ्यकर्मी रात दिन ‘यसै पटक अन्तिम पटक’ भनेर खटेका छन्। हात्तीपाइलेविरुद्धको आम औषधि अभियानलाई प्रभावकारी बनाउन सचेतनामूलकका लागि टोलस्तरीय अन्तरक्रिया कार्यक्रम, हात्तीपाइलेसम्बन्धी लोक भजन तथा लोक दोहोरी प्रतियोगिता र माइकिङ लगायतका रचनात्मक क्रियाकलाप सम्पन्न गरिएको छ।

यस पटक बाग्लुङमा दुई लाख ४६ हजारलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए। “यसै पटक बागलुङमा अन्तिम पटक भनेर अभियान चलाएका छौँ, हात्तीपाइले निवारणका लागि विभिन्न रचनात्मक क्रियाकलापसमेत गरिएको छ”, शर्माले भने “दुई लाख ४६ हजारलाई प्रत्यक्ष रुपमा औषधि खुवाउन फागुन ११ गतेदेखि नै एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ।”

चौधौँ चरणको हात्तीपाइले अभियानमा दुई लाख ४६ हजार छ सय ४६ जनालाई हात्तीपाइलेको औषधि खुवाउन पाँच सय स्वास्थ्यकर्मीसहित एक हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। हात्तीपाइलेबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने भए पनि बागलुङमा १३औँ पटक आम औषधि सेवन अभियान सञ्चालन गर्दासमेत निवारण नभएपछि यस पटकको १४औँ चरणको अभियानलाई प्रभावकारी बनाउन गत वर्षभन्दा फरक कार्यक्रमसमेत ल्याइएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिए।

“यस पटक हात्तीपाइले औषधि सबैलाई खुवाएर निवारण गर्न सचेतनाका लागि लोक दोहोरी, भजन प्रतियोगिता, माइकिङसहित टोल–टोलमा सचेतनामूलक अभियान गरियो”, शर्माले भने “अहिले सबैले औषधि खाने भएमा यसपटक हत्तीपाइले बाग्लुङबाट निवारण हुनेछ।” शर्माका अनुसार १४औँ पटक औषधि सेवन गर्न गरिएको पूर्वनमुना परीक्षणमा भने जम्मा एक जनामा मात्रै हात्तीपाइलेको जीवाणु भेटिएकाले यस पटकको औषधि अन्तिम पटकका लागि हुनसक्ने सम्भावना धेरै रहेको शर्माको भनाइ छ।

बागलुङमा पाँच पटकसम्मको नमुना परीक्षण गर्दा हात्तीपाइले निवारण नभएको तर छैटौँ पटकको नमुना सङ्कलन गर्दा निवारणका लागि आवश्यक दुई प्रतिशतभन्दा कम शून्य दशमलव ३३ प्रतिशत मात्रै हात्तीपाइलेको जीवाणु फेला परेकाले यस वर्षलाई अन्तिम पटक भनेर हात्तीपाइलेको आम औषधि सेवन अभियान सञ्चालन गरिएको छ।

जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आइरहेकामा यस पटक सात सयमा गरिएको नमुना परीक्षणमा एकजनामा मात्रै जीवाणु फेला परेकाले १४औँ पटकको अभियान नै अन्तिम हुनसक्ने भन्दै सबैले औषधि सेवन गर्न आवश्यक रहेको शर्माले बताए। सङ्क्रमण दुई प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याका रुपमा नलिइने र निवारणको मान्यता दिने प्रचलन रहेको शर्माको भनाइ छ।

हात्तीपाइलेविरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु तथा लामखुट्टेको प्रकोपका कारण निरन्तर रुपमा अभियान चलाइराख्नु परेको र यस पटक भने हात्तीपाइलेको आम औषधि सेवन अन्तिम बनाउने गरी अभियान थालिएको हो। रासस

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Fileria DiseaseHealth office Baglung
Nisarga hospital Dhangadhi
Previous Post

प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकमा डा. युवराज शर्मा नियुक्त

Next Post

गर्भवती महिलाले के खाने के नखाने? जानी राखौं #HealthyPregnancy #Facts

Related articles

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
News

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

1 day ago
952
नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

2 days ago
791
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

2 days ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

3 days ago
2.1k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

3 days ago
801
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

3 days ago
795
Next Post
Healthy pregnancy tips

गर्भवती महिलाले के खाने के नखाने? जानी राखौं #HealthyPregnancy #Facts

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.