Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बाग्लुङमा प्रभावकारी बन्दै हात्तीपाइले निवारण अभियान #FileriaDisease

Nam Raj Bhatta by Nam Raj Bhatta
March 1, 2023
in News
Reading Time: 1 min read
A A
0
Hatti-paele

Hatti-paele

608
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

गलकोट, १७ फागुन २०७९

बागलुङमा ‘यसै पटक अन्तिम पटक’ भन्ने नाराका साथ १४औँ चरणको हात्तीपाइले निवारण अभियान सुरु गरिएको छ।

जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीलाई आज हात्तीपाइलेविरुद्धको औषधि खुवाएर अभियानको शुभारम्भ गरिएको हो।

तेह्र वर्षदेखि निवारण हुन नसकेको हात्तीपाइले निवारणका लागि आम औषधि अभियानलाई प्रभावकारी बनाउन विभिन्न रचनात्मक नारा तथा अभियानसहित आम औषधि सेवन अभियान सुरु गरिएको छ।

सामान्यतः छ वर्षमा निवारण भएको हात्तीपाइले बाग्लुङमा १३ वर्षमा समेत निवारण नभएपछि यस पटक हात्तीपाइले निवारण अभियानका लागि स्वास्थ्यकर्मी रात दिन ‘यसै पटक अन्तिम पटक’ भनेर खटेका छन्। हात्तीपाइलेविरुद्धको आम औषधि अभियानलाई प्रभावकारी बनाउन सचेतनामूलकका लागि टोलस्तरीय अन्तरक्रिया कार्यक्रम, हात्तीपाइलेसम्बन्धी लोक भजन तथा लोक दोहोरी प्रतियोगिता र माइकिङ लगायतका रचनात्मक क्रियाकलाप सम्पन्न गरिएको छ।

यस पटक बाग्लुङमा दुई लाख ४६ हजारलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइन थालिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए। “यसै पटक बागलुङमा अन्तिम पटक भनेर अभियान चलाएका छौँ, हात्तीपाइले निवारणका लागि विभिन्न रचनात्मक क्रियाकलापसमेत गरिएको छ”, शर्माले भने “दुई लाख ४६ हजारलाई प्रत्यक्ष रुपमा औषधि खुवाउन फागुन ११ गतेदेखि नै एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ।”

चौधौँ चरणको हात्तीपाइले अभियानमा दुई लाख ४६ हजार छ सय ४६ जनालाई हात्तीपाइलेको औषधि खुवाउन पाँच सय स्वास्थ्यकर्मीसहित एक हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। हात्तीपाइलेबाट बच्न लगातार छ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने भए पनि बागलुङमा १३औँ पटक आम औषधि सेवन अभियान सञ्चालन गर्दासमेत निवारण नभएपछि यस पटकको १४औँ चरणको अभियानलाई प्रभावकारी बनाउन गत वर्षभन्दा फरक कार्यक्रमसमेत ल्याइएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिए।

“यस पटक हात्तीपाइले औषधि सबैलाई खुवाएर निवारण गर्न सचेतनाका लागि लोक दोहोरी, भजन प्रतियोगिता, माइकिङसहित टोल–टोलमा सचेतनामूलक अभियान गरियो”, शर्माले भने “अहिले सबैले औषधि खाने भएमा यसपटक हत्तीपाइले बाग्लुङबाट निवारण हुनेछ।” शर्माका अनुसार १४औँ पटक औषधि सेवन गर्न गरिएको पूर्वनमुना परीक्षणमा भने जम्मा एक जनामा मात्रै हात्तीपाइलेको जीवाणु भेटिएकाले यस पटकको औषधि अन्तिम पटकका लागि हुनसक्ने सम्भावना धेरै रहेको शर्माको भनाइ छ।

बागलुङमा पाँच पटकसम्मको नमुना परीक्षण गर्दा हात्तीपाइले निवारण नभएको तर छैटौँ पटकको नमुना सङ्कलन गर्दा निवारणका लागि आवश्यक दुई प्रतिशतभन्दा कम शून्य दशमलव ३३ प्रतिशत मात्रै हात्तीपाइलेको जीवाणु फेला परेकाले यस वर्षलाई अन्तिम पटक भनेर हात्तीपाइलेको आम औषधि सेवन अभियान सञ्चालन गरिएको छ।

जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा हात्तीपाइले निवारण गर्न नसक्दा सिङ्गो जिल्लाभर औषधि खुवाउनुपर्ने अवस्था आइरहेकामा यस पटक सात सयमा गरिएको नमुना परीक्षणमा एकजनामा मात्रै जीवाणु फेला परेकाले १४औँ पटकको अभियान नै अन्तिम हुनसक्ने भन्दै सबैले औषधि सेवन गर्न आवश्यक रहेको शर्माले बताए। सङ्क्रमण दुई प्रतिशतभन्दा कम भएमा जनस्वास्थ्य समस्याका रुपमा नलिइने र निवारणको मान्यता दिने प्रचलन रहेको शर्माको भनाइ छ।

हात्तीपाइलेविरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु तथा लामखुट्टेको प्रकोपका कारण निरन्तर रुपमा अभियान चलाइराख्नु परेको र यस पटक भने हात्तीपाइलेको आम औषधि सेवन अन्तिम बनाउने गरी अभियान थालिएको हो। रासस

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Fileria DiseaseHealth office Baglung
SummarizeShare256ScanTweet147

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

by Nam Raj Bhatta
October 7, 2026
0

मौलाकालिका अस्पताल.लि. भरतपुर–११, बाइपास रोडको प्रबन्ध निर्देशकमा डा. रमेश घिमिरे नियुक्त भएका छन् । अस्पतालको नयाँ सञ्चालक समितिले डा. घिमिरेलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो । रेडियोलोजिस्टका रूपमा...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

by Nam Raj Bhatta
October 6, 2026
0

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा आएको छ। उक्त सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    702 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा
  • स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.