Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

मधेस प्रदेशमा हात्तीपाइले रोगको उच्च जोखिम #FileriaDisease

Nam Raj Bhatta by Nam Raj Bhatta
February 23, 2023
in News
Reading Time: 1 min read
A A
0
Hatti-paele

Hatti-paele

601
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

धनुषा, ११ फागुन २०७९

मधेस प्रदेशका आठैवटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ। विश्वमा रहेका हात्तीपाइले रोगीमध्ये धेरै रोगी भारतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढजस्ता राज्यमा भएकाले मधेस प्रदेशसहित तराई मधेसका जिल्ला उच्च जोखिममा रहेको हातीपाइले रोगको औषधि खुवाइने अभियानका स्वास्थ्य अधिकृत एवं संयोजक नागेश्वर यादवले बताए।

जनकपुरधाममा स्वास्थ्य कार्यालय धनुषाले आज आयोजना गरेको पत्रकार भेटघाटमा स्वास्थ्य अधिकृत शिवजी दासले हाल विश्वमा ७२ देशमा हात्तीपाइले रोगी रहेको बताए। उनका अनुसार ती देशमा पाँच करोड १४ लाख हात्तीपाइले रोगका सङ्क्रमित रहेको विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख रहेकाले यस रोगलाई सन् २०३० सम्ममा उन्मूलन गर्ने लक्ष्यसहित सङ्क्रमित मुलुकमा सङ्गठनले निःशुल्करुपमा औषधि प्रदान गरेर अभियान सञ्चालन गरिएको हो।

नेपालमा पनि हात्तीपाइले रोगीको सङ्ख्या ३० हजार रहेको र नेपालमा पाइने रोगीमध्ये धेरै रोगी तराई मधेसका जिल्लामा नै हुने अनुमान गरिएको अधिकृत दासले बताए। मधेस प्रदेशका कतिपय जिल्लामा १० पटकसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदा पनि रोगी फेला पर्न रोकिएको छैन। यस पटक अभियानको रुपमा नै फागुन ११ गतेदेखि स्वास्थ्यकर्मीको प्रत्यक्ष सहभागिता तथा निगरानीमा हात्तीपाइले रोगविरुद्धको तीन प्रकारका औषधि खुवाउन थालिएको स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ।

दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडि ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य कार्यालय धनुषाका स्वास्थ्य अधिकृत दासले बताए। धनुषाका १८ वटै पालिकामा एक साथ तीन प्रकारको औषधि मान्छेको उचाइको आधारमा खुवाउन लागिएको स्वास्थ्य कार्यालयका अर्का अधिकृत रामबाबु ठाकुरले जानकारी गराए।

यस पटक खुवाइने आइभरमेक्सन, डाइफाइक्यावामिर्जान र एल्मेडाजोल निक्कै प्रभावकारी भएको स्वास्थ्य उनले बताए। एकै पटक उचाइको आधारमा खुवाइन थालेको औषधिको प्रभाव ९६ प्रतिशत रहेको विश्व स्वास्थ्य सङ्गठनको अनुसन्धानले पुष्टि गरेको ठाकुरले उल्लेख गरे।

औषधि खाइसकेपछि माइक्रो फलेरियाको प्रभाव शरीरमा नभएकालाई कुनै प्रकारको स्वास्थ्य समस्या आउने छैन भने यसको जीवाणु प्रवेश गरेको व्यक्तिको हकमा सामान्य तथा धेरै भाइरस भएका व्यक्तिलाई औषधि सेवनपछि केही असर पार्ने भएकाले त्यसको उपचारको सम्पूर्ण प्रबन्ध गरिएको छ। यस्तो प्रभावित हुनेको सङ्ख्या एक लाखमा एक जनासम्म हुने स्वास्थ्य कार्यालयले जनाएको छ।

धनुषाको जनक चोकमा फागुन ११ गते औषधि खुवाउने अभियानको थालनी गरिने र औषधिसहितको स्वास्थ्यकर्मी धनुषाको १८ वटै पालिकामा परिचालन गरिएको छ। मधेस प्रदेशका आठवटै जिल्लामा हात्तीपाइले रोगीको सङ्ख्या निक्कै रहेको र यसको विस्तृत सर्भे चैतदेखि सुरु गरिने भएको मधेस प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ। रासस

Tags: #government of NepalCorona Virus #Covid19Fileria DiseaseHealth Office Dhanusha
SummarizeShare249ScanTweet147

Related articles

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

by Nam Raj Bhatta
June 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने अनिवार्य शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा उक्त बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.