काठमाडौं, १७ बैशाख २०७९
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) फेडेरेसन अफ अंकोलोजिस्ट नेपाल (एसएफओएन)मा नयाँ कार्यसमिति चयन भएको छ।
शुक्रबार इन्टान्स क्याफे ललितपुरमा भएको वार्षिक साधारण सभाले क्यान्सर रोग विशेषज्ञ प्राडा. विवेक आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
साधारण सभाले उपाध्यक्षमा डा. उज्वल चालिसे, महासचिवमा डा. गुरुसरण शाह र कोषाध्यक्षमा डा. रोशन मिश्र चयन भएका छन्।
त्यस्तैगरी सदस्यहरुमा डा. अरुण शाही, डा. प्रदिप न्याैपाने, डा.बीरेन्द्र यादव, डा. सन्ध्या चापागाईं, डा कपेन्द्र शेखर अमात्य, प्राडा रोविन जोशी, डा जितेन्द्र परियार चयन भएका छन्।
कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ। फेडेरेसन क्यान्सरको क्षेत्रमा काम गर्दै आइरहेको संस्था हो।
फेडेरेसनको निवर्तमान अध्यक्ष डा. राजेन्द्र प्रसाद बराल थिए। संरक्षण डा. मदन पियाले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका हुन्।
नेपालमा अहिले ८५ जना अंकोलोजीष्ट चिकित्सक फेडेरेसन अफ अंकोलोजिस्ट नेपाल (एसएफओएन) को सदस्य हुनुहुन्छ। यो संस्था सार्कका सातै देशहरू पाकिस्तान, भारत, नेपाल, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्समा शाखा रहेको वर्तमान उपाध्यक्ष डा. उज्वल चालिसेले बताए। यसको संयुक्त रुपमा श्रीलंका मा महाधिवेशन हुनेछ।
डा. चालिसेका अनुसार क्यान्सरका क्षेत्रमा विभिन्न अनुसन्धानात्मक सम्बन्धि डाक्टर तथा नर्सहरुलाई तालिम पनि दिइन्छ।