आज मिति : २०८२ भाद्र १८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो #Covid19

Nam Raj Bhatta by Nam Raj Bhatta
November 13, 2020
in News
A A
0
सुदूरपश्चिम प्रदेशका कुन जिल्लामा कति कोरोना संक्रमीत? #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कैलाली ,२८ कार्तिक २०७७

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म परीक्षण भएका एक लाख ११ हजार आठ सय ७६ स्वाबमध्ये १० हजार ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म एक लाख १२ हजार सात सय ५६ जनाको स्वाब संकलन गरिएकोमा ८ सय ८० जनाको नमुना परीक्षण हुन बाँकी छ ।

COVID19 PCR Test Kit
COVID19 PCR Test Kit

प्रदेशका चार जिल्लामा संक्रमितहरुको संख्या एक हजार नाघेको निर्देशनालयको तथ्यांकले देखाएको छ । कैलालीमा सवैभन्दा बढी ४ हजार २ सय १३ संक्रमित पत्ता लागेका छन् । यस्तै डोटीमा १ हजार ३ सय २७, अछाममा १ हजार १ सय ८८ र कञ्चनपुरमा १ हजार १ सय ५४ जना संक्रमित पत्ता लागेका छन् । बझाङमा ६ सय ९३, बैतडीमा ५ सय १३, बाजुरामा ४ सय ७२, डडेल्धुरामा ४ सय ७१ र दार्चुलामा २ सय ८३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । अन्य जिल्ला घर भई यस प्रदेशमा रहेका २२ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

३० संक्रमितको मृत्यु

कोरोना संक्रमणका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भएको छ ।

काेरोनाबाट सबै भन्दाबढी कैलालीमा १६ जनाको मृत्यु भएको छ । यस्तै बझाङमा ३ जनाको ज्यान गएको छ । यस्तै अछाम, बाजुरा, डडेल्धुरा र कञ्चनपुरमा दुई/दुई जनाले ज्यान गुमाएका छन् । डोटी, दार्चुला र बैतडीमा एक/एकजनाले ज्यान गुमाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

८ हजार ७३८ जना कोराना संक्रमणमुक्त

सुदूरपश्चिमका कुल संक्रमितहरुमध्ये ८ हजार ७ सय ३८ जनाले कोरोना जितेका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबार साँझसम्म कैलालीका ३ हजार ५ सय ८३ जना संक्रमितहरु निको भएर घर गएका छन् । यस्तै डोटीका १ हजार १ सय ९८, अछामका १ हजार १ सय १० र कञ्चनपुरका १ हजार १७ जना कोरोना मुक्त भएका छन् ।

बझाङका ४ सय ७१, बैतडीका ४ सय ५९, बाजुराका ४ सय ५१, डडेल्धुराका ३ सय ७७ र दार्चुलाका ७२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यस प्रदेशमा १ हजार ५ सय ६८ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

Covid-19 update, कोरोना भाइरस अपडेट
Covid-19 update, कोरोना भाइरस अपडेट

निर्देशनालयका अनुसार सोमबार साँझसम्म पाँचजना संक्रमितहरुको आईसीयूमा उपचार भइरहेको छ । यस्तै तीन सय ४८ जना बिभिन्न अस्पतालका आइसोलेसनमा र एक हजार ६८ जना होम आइसोलेसनमा रहेका निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

Tags: # PCR machine#government of Nepal#smoking #disease #Corona Virus #Covid19Death of coronaDipayalFarwestrn-nepalSelf Isolation
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल स्त्री रोग तथा प्रसुति बिशेषज्ञ समाज नेसोगको प्रेसिडेन्ट इलेक्टमा डा. सरोजा पाण्डे निर्वाचित

Next Post

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा.गोविन्द केसीलाई कोरोना संक्रमण #Covid19

Related articles

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै
News

इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’  भाद्र २० बाट सुरु हुँदै

2 days ago
787
नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन
News

नेपाल फार्मेसी संघ बर्दियाको अध्यक्षमा पौडेल चयन

2 days ago
788
मुटु रोग उपचारका लागि राप्ती प्रतिष्ठान र गंगालाल अस्पातलबीच सहकार्य
News

मुटु रोग उपचारका लागि राप्ती प्रतिष्ठान र गंगालाल अस्पातलबीच सहकार्य

2 days ago
790
त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको सातौं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न
News

त्रि.वि. जनस्वास्थ्य केन्द्रीय विभागको सातौं वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न

3 days ago
890
गृहमन्त्री लेखक चिकित्सकहरूको टोली लिएर हैजा प्रभावित क्षेत्रमा
News

गृहमन्त्री लेखक चिकित्सकहरूको टोली लिएर हैजा प्रभावित क्षेत्रमा

3 days ago
789
नेपाल दन्त सामग्री वितरक संघको अध्यक्षमा सुनिल बराईली चयन
News

नेपाल दन्त सामग्री वितरक संघको अध्यक्षमा सुनिल बराईली चयन

3 days ago
835
Next Post
चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा.गोविन्द केसीलाई कोरोना संक्रमण #Covid19

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा.गोविन्द केसीलाई कोरोना संक्रमण #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Budhanilkantha Nagarpalika Haija Awareness
Budhanilkantha Nagarpalika Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,225)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...