धनगढी, ०१ वैशाख २०७८
सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुण राज अवस्थी , सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशी, बाजुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र विश्वकर्मा ,स्वास्थ्य कार्यालय कैलालीका लाल बहादुर धामी,र स्वास्थ्य कार्यालय बझाङका सिनियर खोप अधिकृत भानुभक्त जोशी राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएका छन्।
सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थी सुप्रबल जनसेवाश्री तृतीय श्रेणीबाट विभूषित भएका छन्।
सेती प्रादेशिक अस्पतालका इमेर्जेन्सी विभाग प्रमुख तथा सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख समेत रहनुभएका वरिष्ठ फिजिसियन डा. जोशीलाई प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित गरिएको हो।
त्यसैगरी प्रबल जनसेवाश्री चतुर्थबाट विभुषित हुनेमा डा. रुपचन्द्र विश्वकर्मा , लाल बहादुर धामी र भानुभक्त जोशी रहेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकालाई बुधबार विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छिन्।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ।