धनगढी, १३ माघ २०७७
सुदुरपश्चिम प्रदेशमा कोभिड बिरुद्धको पहिलो खोप सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थीले सेती प्रादेशिक अस्पतालबाट आफूलाई लगाएर शुरुवात हुने भएको छ।
माघ १४ गते देखि सुदूरपश्चिम प्रदेशका १० वटा स्थानबाट कोभिड विरुद्धको खोप दिने तयारी भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ ।
भारत सरकारले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको कोभिशिल्ड खोप अनुदानमा उपलब्ध गराएको छ र सो खोप पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्य कर्मी , सरसफाइ कर्मी , एम्बुलेन्स चालक र शव बाहन मा सन्लग्न हुने सुरक्षा कर्मी लाई प्रदान गरिने छ ।
Covishield-vaccine
नेपालमा दिन थालिएको कोभिड खोपको बारेमा नकारात्मक हल्लाहरु आएको र खोपको बिश्वसनियतामा केही मानिसहरुले प्रश्न चिन्ह उठाइरहेका हुनाले सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. अवस्थीले खोप सुरक्षीत र प्रभावकारी रहेको हेल्थ न्यूजलाई बताउदै सबै लक्षित समूह लाई खोप ढुक्क सङ लगाउन भन्नू भएको छ र प्रदेश स्तरमा आफू पहिलो खोप लगाउन तयार रहेको कुरा समेत ब्यक्त गर्नु भएको छ ।
Comments 1