दिपायल , ९ असार
सुदुरपश्चिम प्रदेशका ९ जिल्लामा गरेर १ हजार १ सय ४४ जनामा कोरोनाको पुष्टि भइसकेको छ। जसमा ९६० पुरुष र १८४ महिला रहेका छ्न।
जसमध्ये १६५ जना निको भएर डिस्चार्ज भएका छ्न।
सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लाको कोरोना सन्क्रमितको विवरण यसरी प्रस्तुत गर्न सकिन्छ :-
कैलालीमा ३ सय ४७
डडेल्धुरामा २ सय ४
बैतडीमा १ सय ७२
डोटीमा १ सय ४२
कञ्चनपुरमा १ सय ७
अछामका ६७
बाजुराका ७१
बझाङमा २१
दार्चुलामा १३
कोरोना सन्क्रमित भएका मध्ये चार जनाको मृत्यु भईसकेको छ ।
मृत्यु हुनेमा २ जिल्लाका ४ जना रहेका छ्न। जसमध्ये
बाजुराका १ जना
कैलालीका ३ जना
अहिलेसम्म आरटी पिसिआर मार्फत १७ हजार ६ सय ११ जनाको नमुना संकलन गरिएको छ । जसमध्ये ६ हजार ६ सय ६ जनाको नमुनाको नतिजा आउन बाकी रहेको छ ।