धनगढी , १५ जेठ
सुदूरपश्चिममा थप तीन जनामा कोरोना पुष्टि भएको छ। धनगढीको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार दुई जना कैलाली र एकजना दार्चुलाका पुरुषमा कोरोना पुष्टि भएको हो।
कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुष तथा दार्चुलाको महाकाली नगरपालिका वडा नम्वर ५ का २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
नयाँ संक्रमित तीनै जना भारतबाट आएको खुलेको छ। कैलालीका दुई जना त्रिनगर र खक्रौला तथा दार्चुलाका सक्रमित जिल्लाकै नाकाबाट स्वदेश फर्किएको खुलेको हो।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमतिको सङख्या २० पुगेको छ। प्रदेशमा सबैभन्दा बढि कैलालीमा १०, बैतडीमा ५, अछाममा दुई, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एक/एक जनामा कोरोना पुष्टि भएकोमा पाँच जना संक्रमित कोरोनालाई जितर घर फर्किएका छन्।