धनगढी, ३० पुष २०७८
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. जगदिश जोशीलाई नियुक्त गरेको छ ।
डा. गुणराज अवस्थीको अनिवार्य अवकास भएपछि सामाजिक विकास मन्त्रालयले सो जिम्मेवारी डा. जोशीलाई दिएको हो।
आज देखि डा. जोशीले स्वास्थ्य निर्देशकको जिम्मेवारी बहन गरेका छन्। उहाँ सेती प्रादेशीक अस्पतालको इर्मेजेन्सी विभाग प्रमुख तथा सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख पनि रहेका छन्।
आज उनलाई एक कार्यक्रमका बिच स्वागत गरिएको थियो।