Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl

गैरीगंगा नगरपालिकामा सक्रिय खोजपडतालका माध्यम बाट १० जना शंकास्पद व्यक्तिहरुको पहिचान भएको

Nam Raj Bhatta by Nam Raj Bhatta
January 10, 2021
in News
Reading Time: 1 min read
A A
0
सुदूरपश्चिम प्रदेश कुष्ठरोगीहरुको सक्रिय खोजपडतालमा #LeprosyControl
608
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कंचनपुर, २६ पौष २०७७

सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजापुर डोटीको आयोजना र लालझाडी गाउँपलिका कन्चनपुरको समन्वय र सहकार्यमा कुष्ठरोगीहरुको सक्रिय खोजपडताल कार्यक्रम पौष २६ , २०७७ बाट शुरु गरेको छ ।

संघिय सरकार बाट प्राप्त कार्यक्रम र मार्गदर्शन अनुसार कुष्ठरोग बढी प्रभावित स्थानमा महिला स्वास्थ्य स्वयम् सेविका र बिशेष किसिमको तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा बसोबास गर्ने मानिसहरुको घर घर सम्म पुगी कुष्ठरोग खोजपडतालको काम गरिने स्वास्थ्य निर्देशनालय राजपुर्डोटीमा कार्यरत क्षय कुष्ठ निरीक्षक श्री मनोज प्रसाद ओझाले बताउनु भएको छ । नेपालबाट १९ जनवरी सन् २०१० मा कुष्ठरोग निवारणको घोषणा गरि सकेको भए पनि सुदूरपश्चिम प्रदेशको कैलाली , कंचनपुर र अछाम जिल्ला अहिले सम्म पनि जिल्ला स्तरमा निवारणको लक्ष्य भेटाउन नसकेका जिल्ला हरु हुन् , त्यस कारण उक्त तिन जिल्लामा अहिले पनि समुदायमा कुष्ठरोगीहरु उपचारको पहुँचमा आउन नसकेका हुन् सक्छन ।

उपचारको पहुँचमा आउन नसकेका सम्भावित कुष्ठरोगिहरु सक्रिय रुपमा खोज्ने र त्यस्ता सम्भावित व्यक्तिहरुलाई स्वास्थ्य संस्था सम्म प्रेषण गरि स्वास्थ्य संस्थामा बिज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उक्त संकाश्पद व्यक्तिमा कुष्ठरोग हो कि होइन भन्ने कुरा निर्क्यौल गर्ने गरि कन्चनपुरको लालझाडी गाउपालिकामा कार्यक्रम आयोजना गरिएको हो ।

कुष्ठरोग सक्रिय खोजपडताल कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालय राजपुर् डोटीका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी ज्युले कुष्ठरोगको सराइ अवधि लामो हुने र तत्काल कुनै गम्भीर खालको समस्या पनि नदेखिने हुनाले मानिसहरु आफु लाई समयमै कुष्ठरोग लागेको कुरा थाहा पाउन सक्दैनन् । लामो समय पछी रोग पत्ता लाग्ने र त्यतिन्जेल सम्म त्यस्ता व्यक्तिहरुमा केहि न केहि अपाङ्गता पनि देखा पर्ने हुन् सक्छ । त्यहि अपाङ्गता दर घटाउन , समयमै उपचारको सम्पर्कमा ल्याएर रोगीको निको हुने दर बढाउन तथा अन्य व्यक्तिहरुलाई रोग सर्न बाट बच्नको लागि कुष्ठरोगको सक्रिय खोजपडताल कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ । उहाँले लालझाडी भन्दा पहिला कैलालीको गौरिगंगा नगरपालिकामा सक्रिय खोजपडतालको कार्यक्रम सम्पन्न भै सकेको र उक्त नगरपालिकामा सक्रिय खोजपडतालका माध्यम बाट १० जना शंकास्पद व्यक्तिहरुको पहिचान भएको, त्यसरी शंकाश्पद मानिएका व्यक्तिहरुको थप जांच भैरहेको समेत कुरा बताउनु भएको छ त्यस कारण कुष्ठरोगको सक्रिय खोजपड्ताल कार्यक्रम महत्वपुर्ण कार्यक्रम भएको कार्यक्रममा उपस्थित सबैले आ- आफ्नो तह तप्का बाट सहयोग गर्नु पर्ने र समयमै यस रोगलाई सुदूरपश्चिम प्रदेश बाट निर्मुल गर्ने अभियान मा सक्रिय सहभागिता रहनु पर्ने कुरामा समेत बल दिनु भएको छ ।

कुष्ठरोग सक्रिय खोजपडताल कार्यक्रम लालझाडी गाउपालिका का अध्यक्ष श्री मदनसेन बडायकको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा गाउपालिका उपाध्यक्ष सत्या देवी महरा , स्वास्थ्य कर्मीहरु , महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरु , बुद्धीजीवि , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Laljhariक्षयरोग (Tuberculosis in Nepal)
SummarizeShare257ScanTweet146

Related articles

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण

by Nam Raj Bhatta
October 10, 2026
0

पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको आँखा रोग विभागले ६३ वर्षीया महिलामा सफलतापूर्वक कोर्निया प्रत्यारोपण गरेको हो। सुडोफ्याकिक...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

by Nam Raj Bhatta
October 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवाको उद्घाटन गरेका छन् । प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा मेहताले उक्त सेवाको शुभारम्भ गरेकी हुन।...

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    710 shares
    Share 284 Tweet 178
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    703 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    703 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पाटन अस्पतालमा पहिलोपटक कोर्निया प्रत्यारोपण
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.