Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : प्रदीप पौडेल

Nam Raj Bhatta by Nam Raj Bhatta
May 1, 2025
in News
Reading Time: 1 min read
A A
0
आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : प्रदीप पौडेल
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १८ बैशाख २०८१

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले प्रगति गरिरहेको बताएका छन्।

विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको छाता सङ्गठन इन्टनेसनल एजेन्सी फर ‘द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आइएपिबी) द्वारा नेपालमा पहिलो पटक आयोजित सो ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री पौडेलले विश्वव्यापी आँखा स्वास्थ्य सेवाको लक्ष्य प्राप्त गर्न तर्फ काम गरिरहेको बताए ।

स्वास्थ्यमन्त्री पौडेलले आँखा नेपालमा आँखा उपचार नवीन उपचार पद्धति रहेको समेत बताए । उनले सहरीकरण, बुढ्यौली र जीवनशैली परिवर्तनले आँखा स्वास्थ्य सेवाको माग बढाइरहेको बताउनुभयो । FB IMG 1746073649662

पौडेलले दक्षिणपूर्वी एसियामा अन्धोपन अझै पनि उच्च रहेको जनाउँदै सम्मेलनले आँखा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गर्नुपर्ने आवश्यकता औँल्याए । मन्त्री पौडेलले भने, ‘आँखा सेवा पहुँच सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकता दिएको छ ।’

पौडेलले नेपालले आँखा उपचारलाई अझ सुधार गर्नका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने तथा विद्यालय, कार्यस्थल र समुदायमा बलियो साझेदारी निर्माण गर्ने जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा. चेतराज पन्तले समुदाय स्तरमा गुणस्तरीय आँखा स्वास्थ्यको पहुँच पु र्‍याउन सङ्घले अनवरत प्रयास गरिरहेको जानकारी दिनुभयो।

सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।FB IMG 1746073659730

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् । नेपाल नेत्रज्योति सङ्घ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बिपी आई फाउण्डेशन आइएपिबीका सदस्यहरु छन् ।

विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको छाता सङ्गठनका रुपमा रहेको आईएपिबीले अन्तरारष्ट्रियरुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ ।

आँखाले स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई प्रवर्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने कारणले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ ।

सन् २०२४ को आइएपिबी सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपिबीको दक्षिण पूर्वी एसियाका प्रमुख युद्ध ध्वज सापकोटाका अनुसार सम्मेलनमा करिब १०० राष्ट्रका ५०० जनाले सहभागिता जनाइएको छ ।

सम्मेलनमा सहभागी देशका बीचमा आँखा उपचार सेवाका अनुभव, चुनौतीका विषयमा अनुभव आदान प्रदान एवम् आँखा रोग विशेषज्ञद्वारा विशेष विशेष प्रवचन समेत हुनेछ ।

नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार उक्त सम्मेलनमा विशेष गरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयहरुमा छलफल हुनेछ ।FB IMG 1746073674538

सङ्घका महासचिव भरतबहादुर चन्दले सम्मेलनले नेपालको आँखा उपचार सेवालाई विश्वव्यापीकरण गर्नुका साथै देशको पर्यटन विकासमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने बताए । चन्दले भने, ‘‘इन साइट अफ लाइभ २०३०’ नेपालमा आयोजना हुनु हामी सबैका लागि गर्वको विषय हो, यसले हाम्रो देशको आँखा उपचार सेवालाई विश्व समुदायसम्म पुर्‍याउन मद्दत गर्नुका साथै नेपालको पर्यटन विकासमा समेत महत्त्वपूर्ण हुनेछ ।’ सङ्घअन्तर्गत हाल देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा छन् ।

स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । एकाउन्न लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ।

Tags: #Health and population ministryNepal Netra joyti sang
SummarizeShare234ScanTweet147

Related articles

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न

by Nam Raj Bhatta
October 3, 2026
0

नेपाल सोसाइटी अफ फिजिकल मेडिसिन एन्ड रिह्याबिलिटेसन (NSPMR) को आयोजनामा ‘प्रथम हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON 2026)’ बागमती प्रदेशस्थित साँगा, काभ्रेमा रहेको स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा सुरु भएको छ।...

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

by Nam Raj Bhatta
October 2, 2026
0

ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर  कार्यवाहक प्रमुख सुनिता...

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

by Nam Raj Bhatta
October 2, 2026
0

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। यस्तै समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्। शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई समितिमा नियुक्त गरिएको...

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

by Nam Raj Bhatta
October 2, 2026
0

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। शुक्रबार नवनियुक्त अध्यक्ष पाण्डेले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    882 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    701 shares
    Share 301 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पहिलो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलन (NSPMR-CON २०२६) सुरु: स्पास्टिसिटी व्यवस्थापनमा प्रत्यक्ष कार्यशाला सम्पन्न
  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता
  • भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त
  • डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
  • सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.