काठमाडौं, १९ फागुन २०८०
नेपालका दुई आँखा रोग विशेषज्ञ महिला सम्मानित भएका छ्न।
सम्मानित हुनेमा नेपाल अप्थाल्मीक सोसाइटीका अध्यक्ष डा. मिनु चौधरी र डा. अनु मानन्धरलाई रहेका छ्न।
आँखा उपचारमा अमुल्य योगदान दिएको भन्दै एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजीको आयोजनामा इन्डोनेशियाको बालीमा एक कार्यक्रमका अचिभ्मेन्ट अवार्डद्वारा डा. चौधरी र डा. मानन्धर लाई सम्मान गरिएको हो।
आँखा सेवामा अमुल्य सेवा प्रधान गरेकोमा नेपाल अप्थाल्मिक सोसाइटी द्वारा नेपाल नेत्रज्योति संघलाई outstanding service in prevention of blindness award for APAO 2024 लाई नोमेसन गरेको थियो। र उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघलाई outstanding service in prevention of blindness award for APAO 2024 पाउन सफल भएको थियो।
डा. सुशान्त अडिजा, प्रोफ यसोतनो ट्राभल ग्रान्ट बाट अवार्ड भएका थिए । त्यस्तैगरी डा. होम बहादुर गुरुङ लाई APAO-Young Ophthalmologists (YO) Travel Grant पाउन सफल भएका थिए।
त्यस्तै आँखा उपचारमा दिएको महत्वपूर्ण योगदानको कदर गर्दै कार्यक्रममा डा. मानन्धरलाई एपीएओ डिस्टुईङ्गीस्ड सर्भिस अवार्डबाट सम्मान गरिएको हो।
नेपाल अप्थाल्मीक सोसाइटीका कोषाध्यक्ष डा. तेज्सु सिंह मल्लका अनुसार गत फेब्रअरी २२ देखि २५ सम्म आयोजित उक्त सम्मेलनमा विश्वभरीका ८४ देश तथा ६३०० भन्दा धेरै प्रतिनिधिको सहभागिता रहेकोे थियोे ।
डा. अमित कुमार यादव र डा. तेज्सु सिंह मल्ल APAO- young Ophthamologist (YO) Standing committee का सदस्य समेत हुन ।