आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

एभरेष्ट अस्पतालले शुरु गर्यो डेंगुको उपचारका लागि जनरल वार्ड

Nam Raj Bhatta by Nam Raj Bhatta
September 14, 2022
in News
A A
0
एभरेष्ट अस्पतालले शुरु गर्यो डेंगुको उपचारका लागि जनरल वार्ड
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २९ भाद्र २०७९

महामारीका रुपमा डेंगु भाइरस फैलिएसँगै काठमाडौंका अस्पतालहरुमा बिरामीको संख्या बढेको छ। महामारीको समय मध्यम तथा न्यून आय भएका मानिसलाई सहयोग पुर्‍याउने लक्ष्यसहित नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले जनरल वार्ड सञ्चालनमा ल्याएको छ।

यस वार्डमा विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मी चौबिसै घण्टा बिरामीको सेवामा खटिएका छन्। ‘सर्वसाधारणलाई उपचारमा आर्थिक समस्या नहोस् भनेर हामीले जनरल वार्ड सञ्चालनमा ल्याएका हौं,’ अस्पतालका निर्देशक तथा प्रशासकीय प्रमुख दीपक बरालले भने,‘ दैनिक अत्यन्तै कम मूल्‍य तिरेर बिरामी यहाँ भर्ना हुन सक्छन्। आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा थप सहुलियत तथा अति विपन्नलाई नि:शुल्क उपचार पनि गर्छौं। उपचार नपाएर कोही मर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो।’

एभरेस्ट अस्पतालमा बरिष्ठ चिकित्सक डा. निरज नेपाल, डा. निमेश पौडेल, डा. सरोज गौडेल, डा. प्रताप नारायण शाह लगायत स्वास्थ्यकर्मी सम्मिलित मेडिकल टिमले डेंगुको उपचार गरिरहेको छ।

२०१९ यताकै उच्च बिन्दुमा महामारी

पछिल्लो विवरणअनुसार डेंगुबाट यस वर्ष देशभर ९ हजारभन्दा धेरैजना संक्रमित भइसकेका छन्, जो सन् २०१९ पछिको उच्च महामारी हो। त्यसबेला १७ हजारभन्दा धेरैजनामा संक्रमण देखिएको थियो। त्यसैगरी २०१६ मा १५ सय ११ र ०१७ मा २१ सय ११ जनामा डेंगु देखिएको थियो।

२०१९ मा महामारी फैलदाँ सुनसरी, चितवन, कास्की र काठमाडौं मुख्यगरी प्रभावित भएका थिए। अहिले आएर  ललितपुर र काठमाडौंमा सबैभन्दा ठूलो असर देखिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको आँकडाअनुसार ललितपुरमा तीन हजार ६ सय २२ र काठमाडौंमा दुई हजार चार सय १४ जनामा डेंगु संक्रमण देखिएको छ।

एभरेस्ट अस्पतालमा परीक्षणका लागि आएकामध्ये ६० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएको निर्देशक बरालले बताए। ‘हाम्रोमा यस महिना ९ भदौ० १ गतेदेखि अहिलेसम्म १ हजार ६० जना डेंगु परीक्षणका लागि आएकोमा ८ सय २३ जनामा संक्रमण देखिएको छ,’ बरालले भने,‘ डेंगु प्रकोपकै रुपमा देखिएकाले सर्वसाधारणलाई धेरैभन्दा धेरै सुविधा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रीत छ।’

यसअघि कोभिडको समयमा पनि अस्पतालले बिरामीहरुलाई यसरी नै सर्वसुलभ सेवा उपलब्ध गराएको थियो। ‘ देशमा भैपरी आएका बेला तथा महामारीका रुपमा स्वास्थ्य समस्या आएका बेला हामी यसरी नै सक्रिय हुन्छौं,’ निर्देशक बरालले भने, ‘कोभिडको समय हामीले सर्वसाधारणलाई सेवा पुर्‍याउनका लागि ओपिडी कक्षलाई समेत जनरल वार्डमा बदलेका थियौं। हामी प्रकोप आएका बेला नेपाल सरकारलाई सहयोग गर्छौ र सबै बिरामीले स्वास्थ्य उपचार पाउनुपर्छ भन्ने हो।’

सरकारले डेंगुको परीक्षण निशुल्क गर्नसके धेरैभन्दा धेरै बिरामी उपचारको दायरामा आउने र महामारी नियन्त्रणमा सहयोग पुग्ने उनले बताए। ‘डेंगुजस्ता महामारीमा परीक्षण निशुल्क गर्नुपर्छ। अर्को, वडास्तरमा लामखुट्टेको लार्भा खोज्ने र नस्ट गर्ने अभियान प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ। त्यस्तै गरिब परिवारलाई उपचारमा सधैं सहयोग गर्नुपर्छ।’

Tags: #government of NepalCorona Virus #Covid19Dipak Chandra BaralEverest hospital Baneshor
Previous Post

बैतडीमा डेंगु र स्क्रब टाइफसको जोखिम

Next Post

आयुर्वेद व्यवसायी संघको बागमती, गण्डकी र सुदुरपश्चिममा दोस्रो अधिवेशन सम्पन्न

Related articles

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत
News

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

52 minutes ago
1.6k
नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

2 days ago
1.7k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

4 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

4 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

4 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

4 days ago
1.6k
Next Post
आयुर्वेद व्यवसायी संघको बागमती, गण्डकी र सुदुरपश्चिममा दोस्रो अधिवेशन सम्पन्न

आयुर्वेद व्यवसायी संघको बागमती, गण्डकी र सुदुरपश्चिममा दोस्रो अधिवेशन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...