Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

एभरेष्ट अस्पतालले शुरु गर्यो डेंगुको उपचारका लागि जनरल वार्ड

Nam Raj Bhatta by Nam Raj Bhatta
September 14, 2022
in News
Reading Time: 1 min read
A A
0
एभरेष्ट अस्पतालले शुरु गर्यो डेंगुको उपचारका लागि जनरल वार्ड
627
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २९ भाद्र २०७९

महामारीका रुपमा डेंगु भाइरस फैलिएसँगै काठमाडौंका अस्पतालहरुमा बिरामीको संख्या बढेको छ। महामारीको समय मध्यम तथा न्यून आय भएका मानिसलाई सहयोग पुर्‍याउने लक्ष्यसहित नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले जनरल वार्ड सञ्चालनमा ल्याएको छ।

यस वार्डमा विशेषज्ञ डाक्टरसहितका स्वास्थ्यकर्मी चौबिसै घण्टा बिरामीको सेवामा खटिएका छन्। ‘सर्वसाधारणलाई उपचारमा आर्थिक समस्या नहोस् भनेर हामीले जनरल वार्ड सञ्चालनमा ल्याएका हौं,’ अस्पतालका निर्देशक तथा प्रशासकीय प्रमुख दीपक बरालले भने,‘ दैनिक अत्यन्तै कम मूल्‍य तिरेर बिरामी यहाँ भर्ना हुन सक्छन्। आर्थिक अवस्था कमजोर भएकालाई उपचारमा थप सहुलियत तथा अति विपन्नलाई नि:शुल्क उपचार पनि गर्छौं। उपचार नपाएर कोही मर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो।’

एभरेस्ट अस्पतालमा बरिष्ठ चिकित्सक डा. निरज नेपाल, डा. निमेश पौडेल, डा. सरोज गौडेल, डा. प्रताप नारायण शाह लगायत स्वास्थ्यकर्मी सम्मिलित मेडिकल टिमले डेंगुको उपचार गरिरहेको छ।

Everest hospital

२०१९ यताकै उच्च बिन्दुमा महामारी

पछिल्लो विवरणअनुसार डेंगुबाट यस वर्ष देशभर ९ हजारभन्दा धेरैजना संक्रमित भइसकेका छन्, जो सन् २०१९ पछिको उच्च महामारी हो। त्यसबेला १७ हजारभन्दा धेरैजनामा संक्रमण देखिएको थियो। त्यसैगरी २०१६ मा १५ सय ११ र ०१७ मा २१ सय ११ जनामा डेंगु देखिएको थियो।

२०१९ मा महामारी फैलदाँ सुनसरी, चितवन, कास्की र काठमाडौं मुख्यगरी प्रभावित भएका थिए। अहिले आएर  ललितपुर र काठमाडौंमा सबैभन्दा ठूलो असर देखिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको आँकडाअनुसार ललितपुरमा तीन हजार ६ सय २२ र काठमाडौंमा दुई हजार चार सय १४ जनामा डेंगु संक्रमण देखिएको छ।

एभरेस्ट अस्पतालमा परीक्षणका लागि आएकामध्ये ६० प्रतिशतभन्दा धेरैमा संक्रमण पुष्टि भएको निर्देशक बरालले बताए। ‘हाम्रोमा यस महिना ९ भदौ० १ गतेदेखि अहिलेसम्म १ हजार ६० जना डेंगु परीक्षणका लागि आएकोमा ८ सय २३ जनामा संक्रमण देखिएको छ,’ बरालले भने,‘ डेंगु प्रकोपकै रुपमा देखिएकाले सर्वसाधारणलाई धेरैभन्दा धेरै सुविधा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रीत छ।’

यसअघि कोभिडको समयमा पनि अस्पतालले बिरामीहरुलाई यसरी नै सर्वसुलभ सेवा उपलब्ध गराएको थियो। ‘ देशमा भैपरी आएका बेला तथा महामारीका रुपमा स्वास्थ्य समस्या आएका बेला हामी यसरी नै सक्रिय हुन्छौं,’ निर्देशक बरालले भने, ‘कोभिडको समय हामीले सर्वसाधारणलाई सेवा पुर्‍याउनका लागि ओपिडी कक्षलाई समेत जनरल वार्डमा बदलेका थियौं। हामी प्रकोप आएका बेला नेपाल सरकारलाई सहयोग गर्छौ र सबै बिरामीले स्वास्थ्य उपचार पाउनुपर्छ भन्ने हो।’

सरकारले डेंगुको परीक्षण निशुल्क गर्नसके धेरैभन्दा धेरै बिरामी उपचारको दायरामा आउने र महामारी नियन्त्रणमा सहयोग पुग्ने उनले बताए। ‘डेंगुजस्ता महामारीमा परीक्षण निशुल्क गर्नुपर्छ। अर्को, वडास्तरमा लामखुट्टेको लार्भा खोज्ने र नस्ट गर्ने अभियान प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ। त्यस्तै गरिब परिवारलाई उपचारमा सधैं सहयोग गर्नुपर्छ।’

Tags: #government of NepalCorona Virus #Covid19Dipak Chandra BaralEverest hospital Baneshor
SummarizeShare276ScanTweet146

Related articles

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

by Nam Raj Bhatta
March 22, 2026
0

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्।  'जेन-जी' आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा...

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

by Nam Raj Bhatta
March 22, 2026
0

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई सेवाको सञ्चालनमा आएको छ । शुक्रबार अस्पतालको ११६ औँ बार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सेवाको उद्घाटन गर्नु भएको थियो...

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

by Nam Raj Bhatta
March 22, 2026
0

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको छ। विगत लामो समयदेखि कालिकोट जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.