काठमाडौं, २३ फागुन २०७८
बानेश्वरस्थित एभरेष्ट अस्पताल प्रालीले यहि फागुन २४ गते नारी दिवसको दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। अस्पतालले विशेषगरी स्त्रीरोगँंग सम्बन्धित निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो।
बरिष्ठ स्त्रीरोग तथा निशन्तान विशेषज्ञ डा. जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निशन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अंकोसर्जन डा. विकास शाहले स्तन क्यान्सरको निशुल्क ओपिडी सञ्चालन गर्ने भएका छन्।
मंगलबार २४ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। शिविरमा स्त्रीरोग तथा निशन्तान सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण र स्तन क्यान्सर सम्बन्धी सम्पूर्ण रोगको परामर्श, जाँच एवं उपचार गरिनेछ ।