काठमाडौं, २० माघ २०७८
काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम गर्ने भएको छ ।
लायन्स क्लव अफ काठमाडौं एभरेष्ट निम्सको सहकार्यमा अस्पतालले शुक्रबार उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
निशुल्क स्वास्थ्य शिविर कार्यक्रम एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन गर्नेछन् । उक्त शिविर एभरेष्ट अस्पतालमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।
शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. राम नारायण शाह, डा. निवेश पौडेल र डा. सरोज गौडेल ले निशिुल्क स्वास्थ्य परिक्षण गर्नेछन् । साथै, ल्यावमा पनि ३० प्रतिशत छुट दिइनेछ भने फार्मेसीमा १० प्रतिशत र अन्यमा ३० प्रतिशत छुट दिने समेत अस्पतालले जनाएको छ ।

त्यस्तै कोभिड पछाडी हल्का ज्वरो आए जस्तो हुने, अल्छी लाग्ने, छिटो थकानको महसुस हुनु, हल्का खोकी हुने, हल्का टाउको दुख्ने, बढी भोक लाग्ने र भोक लाग्दै नलाग्ने, निद्रा नलाग्ने जस्ता लक्षण भएकाले पनि शिविरमा स्वास्थ्य परिक्षण गराउने सक्ने अस्पतालले जनाएको छ ।