धनगढी, १० बैशाख २०८२
लैंगिक समानता प्रवर्द्धन र हानिकारक अभ्यासहरूको अन्त्यतर्फ एक महत्वपूर्ण कदम चाल्दै, कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (KOICA), संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (UNFPA) र गुड नेबर्स इन्टरनेशनल नेपालले नेपाल सरकारसँग साझेदारीमा SAFE-Girls (Safe and Enabling Environment for Adolescent Girls) परियोजना सुदूरपश्चिम प्रदेशबाट सुरु गरेका छन्।
यो परियोजना अछाम र बझाङका केही स्थानीय तहहरूमा लागू हुने छ, जसमा KOICA को ६ मिलियन अमेरिकी डलर सहयोग रहेको छ। आगामी तीन वर्षमा परियोजना सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेशका किशोरी तथा युवतीहरूलाई सशक्त बनाउने लक्ष्यमा केन्द्रित रहनेछ।
मुख्य उद्देश्यहरू:
• किशोरी र युवतीहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउने ज्ञान, सीप, र प्लेटफर्महरू प्रदान गर्नु
• लैंगिक हिंसा (GBV) अन्त्यका लागि सरकारी र सामुदायिक प्रणाली सुदृढ गर्नु
• समावेशी यौन तथा प्रजनन शिक्षामा पहुँच विस्तार गर्नु
“SAFE-Girls कार्यक्रम सुरुवातसँगै सबै स्थानीय सरकारलाई यस अभियानलाई अपनाएर आवश्यक बजेट विनियोजन गर्न आह्वान गरेको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले बताए।
किशोरीहरूका वास्तविक आवश्यकतामा आधारित नीतिहरू स्थानीय स्तरमै बनिनु आवश्यक रहेको पनि उनले बताए।
“यो परियोजना UNFPA को मात्र होइन। यो सरकार, विकास साझेदारहरू र समुदायहरूको साझा प्रतिबद्धता रहेको UNFPA नेपालका उप प्रतिनिधि डा. बशीर नजीबले बताउनुभयो ।
हामी छोटो अवधिको प्रवेश मात्र गरिरहेका छैनौं, दीर्घकालीन सामाजिक परिवर्तनको जग हालिरहेका छौं – जहाँ महिलाहरू र किशोरीहरूलाई सम्मान र मूल्य दिइन्छ, र उनीहरू राष्ट्र निर्माणमा समर्पित हुन सक्ने गुड नेबर्स इन्टरनेशनका देश निर्देशक एम. मैनुद्दीन मैनुलले बताए।
हाम्रो प्रदेशले सामाजिक–सांस्कृतिक मान्यताका कारण आर्थिक तथा मानवीय अभावको सामना गर्दै आएको छ। तर अब हामी महिलाहरू, किशोरीहरू र अपांगता भएका व्यक्तिहरूमा लगानी गरिरहेका छौं। सुदृढ समन्वय नै दिगो रूपान्तरणको कुञ्जी हुने सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सचीब हेमराज रेग्मीले भने।
कार्यक्रमका क्रियाकलापहरूमा समावेश हुने:
• शारीरिक र डिजिटल माध्यमबाट सिकाइ र संवाद
• संरक्षक प्रणाली (Mentorship) र सहकर्मीको सहयोग
• यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी निर्णय गर्न क्षमता विकास।