भुवनेश्वरी जोशी
महेन्द्रनगर , ०४ पौष २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजापुर डोटीले सुदूरपश्चिम प्रदेश स्तरीय इन्टोमोलोजी प्रयोगशाला स्वास्थ्य कार्यालय कन्चनपुरको हाता भित्र स्थापना गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि सात दिने इन्टोमोलोजी सम्बन्धि तालिम समापनको अवसरमा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुण राज अवस्थी ज्यू ले सुदूरपश्चिम प्रदेश स्तरीय इन्टोमोलोजी प्रयोगशाला स्वास्थ्य कार्यालय कंचनपुरको हाता भित्र स्थापना गर्ने गरि कार्यक्रम तय भएको बताउनु भएको छ । साथै उहाँले नेपालका सात प्रदेश मध्ये सुदूरपश्चिम प्रदेशमा औँलोको भार सबै भन्दा बढी भएकोले प्रदेश सरकार मार्फत केहि विशिष्ट क्रियाकलापहरु गर्न लागिएको समेत बताए । निर्धारित समयमा निर्धारित क्रियाकलाप् सम्पन्न गरि सक्नु पर्ने र भए गरेका कामहरुको प्रतिबेदन समेत समयमै सम्बन्धित निकायमा पठाई सक्नु पर्नेमा समेत जोड दिनु भएको छ ।

नेपाल सरकारले सन् २०२५ सम्म नेपाल बाट औँलो रोग निवारण गरि सक्ने लक्ष्य लिएको छ । सो लक्ष्य पुरा गर्नको लागि औँलो रोगको सर्भिलेन्स संगै लामखुट्टे हरुको पनि सर्भिलेन्स अती आवश्यक हुन्छ लामखुट्टेहरुको सर्भिलेन्स गर्नको लागि हरेक प्रदेशमा कम्ति एउटा इन्टोमोलोजी टिम हुन् आवश्यक हुन्छ । सोहि बमोजिम उपरोक्त तिन वटा प्रदेश बाट ५ – ५ जना को समुह छनौट गरि ७ दिने तालिम दिएको कुरा सेभ द चिल्ड्रेन ग्लोबल फण्ड का बरिष्ठ इन्टोमोलोजिस्ट. श्री शम्भु नाथ झा ले बताउनु भएको छ ।
सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट तालिममा सहभागी हुन् आउनु भएका सहभागी हरुले आ- आफ्नो प्रदेशमा लामखुट्टे हरुको सर्भिलेन्स गर्न , इन्टोमोलोजी सम्बन्धि काम गर्नको लागि केन्द्र सरकार , प्रदेश सरकार र स्थानीय तहले श्रोत साधन र भौतिक सुबिधा उपलब्ध गरि दिएमा सरकारको लक्ष्य बमोजिम काम गर्न सक्षम भएको कुरा स्वास्थ्य कार्यालय रुपन्देही मा कार्यरत भेक्टर. कन्ट्रोल निरीक्षक श्री केदार नाथ शाहले बताउनुभयो।
Comments 1