काठमाडौं, १३ पुष २०७७
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना र निक साइमन्सको प्राविधिक सहयोगमा राष्ट्रिय ट्रमा सेन्टरमा दुइ दिने इसेन्सियल क्रिटिकल केयर सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ।
सामाजिक बिकास मन्त्रालयका चिकित्सा शाखाका प्रमुख डा.पुरुषतम सेँढाइको प्रमुख आतिथ्यमा यहि पुष १२ र १३ गते तालिम सम्पन्न भएको छ।
तालिममा विभिन्न जिल्लाहरुबाट ७ जना डाक्टरहरु र ८ जना नर्सहरुको सहभागिता रहेको थियो।
यस तालिमको मुख्य उद्देश्य बिभिन्न जिल्लाहरुमा आइसियुको स्थापना भएपनि त्यसलाई सन्चालन गर्नुको लागि आवश्यक तालिम दक्ष जनशक्ति नभएका कारण तालिमको आवश्यकता रहेको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुबन चन्द्र झाले बताउनुभयो।
डा.झाका अनुसार इसेन्सियल क्रिटिकल. केयर सम्बन्धि दुई दिनको तालिममा नर्सहरु तथा डाक्टरहरुले भेन्टिलेटर कसरी चलाउने , सिरियस बिरामीको केयर कसरी गर्ने भन्ने विषयमा तालिम रहेको थियो।