Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ श्रावण २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

आपतकालीन उपचारकालागि तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीको निर्देशन

Nam Raj Bhatta by Nam Raj Bhatta
June 23, 2023
in News
A A
0
आपतकालीन उपचारकालागि तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ८ असार २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आपतकालिन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरुको संक्रमण पनि बढ्ने खतरा रहेकोले देशभरिका स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि, उपकरण सहित आपतकालिन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतले निर्देशन दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपतकालिन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उद्घाटनका अवसरमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले हाम्रो जस्तो भूगोल भएको देशका जति बेला पनि आपतकाल आउन सक्ने भएकाले संभावित जोखिमलाई ध्यानमा राखेर आपतकालिन अवस्थामा उपचार सेवा प्रदान गर्न सक्ने गरि पूर्व तयारी आवश्यक रहेको बताए । National work shop

मन्त्री बस्नेतले भने, ‘आपतकाल कति बेला आउछ अन्दाज गर्न सकिदैन । हाम्रो देशमा हरेक वर्ष जसो बाढीपहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौ भने उपचार सेवाबाट बन्चित हुनुपर्ने अवस्था रहदैन।’

आपतकालित अवस्था आउनु भन्दा पहिले नै हामीले कम्तिमा पनि संभावित क्षेत्रहरुमा खाद्यान र औषधि पुर्याउन सकेको खण्डमा आपतकालिन अवस्था पनि उपचार सेवा दिन सकिने बताउदै मन्त्री बस्नेतले सिमित श्रोत र साधनकाबिच पनि उपचार सेवा प्रदान गर्नु पर्ने स्वास्थ्यकर्मीको दायित्य भएको स्मरण गराए । यसको लागि सरकारले संभावित क्षेत्रमा औषधि पठाइसकेको मन्त्री बस्नेतले जानकारी दिए ।Work lalitpur

मन्त्री बस्नेतले आपतकालिन अवस्थाको स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने गरि छुट्टै फण्डको व्यवस्था नभएको बताउदै आपतकालिन अवस्थाको उपचार सेवा प्रदान गर्नका लागि एउँटा छुट्टै फण्ड बनाउने गरि आफुले पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘ आपतकालिन उपचार फण्डमा सबै दाताहरुले पनि सहयोगको हात अगाडि बढाउनु आवश्यक छ । ’

कार्यशाललाई सम्बोधन गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य मन्त्रालयले आपतकालिन अवस्थाको उपचारका लागि देश भरिका २५ वटा अस्पतालहरुलाई हव हस्पिटल बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको बताए । उनले भने, कुनै ठाउँमा संकट आइपर्दा सबै एक ठाउँमा आएर संकट व्यवस्थापन गर्न सक्षम छौ । सात वटै प्रदेशमा आपतकालिन सेवा केन्द्र मार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरुले गरिरहेको डा. सिंहले बताउनुभयो।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.राजेश सम्भाजीराव पाण्डवले आपतकालिन अवस्थाका बेला समेत उपचार सेवा प्रभावित नहोस भन्ने कुरा दिमाकमा राखेर सबै स्वास्थ्यकर्मीले काम गर्न आवश्यक रहेको बताए । आकस्मिक उपचार सेवा प्रदान गर्न चाहेर मात्र नहुने बताउदै उनले त्यस्तो बेला आवश्यक औषधि र जनशक्तिको पनि उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिए । उनले विश्व स्वास्थ्य संगठन नेपाल सरकारलाई सहयोग जारी राख्ने बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा अनुगमन महासाखाका निर्देशक डा. मदन उपाध्याय र मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले आपतकालिन उपचार सेवा दिन स्वास्थ्यकर्मी तयारी अवस्थामा बस्नु पर्नेमा जोड दिएका थिए । शनिबारसम्म चल्ने कार्यशालामा विश्व स्वास्थ्य संगठन हेड क्वाटर , सेरोका विज्ञहरु सहित सात वटै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरु, फोकल पर्सन र आपतकालिन उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Emergency servicesMohan Basnet
Nisarga hospital Dhangadhi
Previous Post

मुलुकभर मनसुनको प्रभाव बढ्ने, आगामी ३ दिन लगातार वर्षाको सम्भावना

Next Post

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनपछि वीर अस्पतालमा बिरामीको बेड चार्ज निशुल्क

Related articles

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु
News

धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रको बीमा सेवा धुलिखेल अस्पतालबाट सुरु

13 hours ago
786
होस्टल व्यवसायी संघले वार्षिकोत्सबको अवसरमा रक्तदान
News

होस्टल व्यवसायी संघले वार्षिकोत्सबको अवसरमा रक्तदान

20 hours ago
836
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा
News

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीपीडी कार्यक्रम सुरु गर्ने तयारीमा

22 hours ago
875
पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति
News

पशुमा लाग्ने रोग ‘लम्पी स्किन’ देशब्यापी फैलिदा १.३४ अर्ब रुपैयाँ बराबरको क्षति

1 day ago
785
Teaching hospital photo
News

त्रिवि शिक्षण अस्पतालमा ८ विशेषज्ञ चिकित्सकको लागि दरखास्त आह्वान

2 days ago
854
कागेश्वरी मनोहरा नगर अस्पतालले सेवालाई थप परिस्कृत र सेवाग्राहीमैत्री बनाउदै
News

कागेश्वरी मनोहरा नगर अस्पतालले सेवालाई थप परिस्कृत र सेवाग्राहीमैत्री बनाउदै

2 days ago
790
Next Post
वीर अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा चार जना घाइते

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनपछि वीर अस्पतालमा बिरामीको बेड चार्ज निशुल्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,193)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...