Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १७
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

आपतकालीन उपचारकालागि तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीको निर्देशन

Nam Raj Bhatta by Nam Raj Bhatta
June 23, 2023
in News
Reading Time: 1 min read
A A
0
आपतकालीन उपचारकालागि तयारी अवस्थामा रहन स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
621
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ८ असार २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आपतकालिन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरिका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरुको संक्रमण पनि बढ्ने खतरा रहेकोले देशभरिका स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधि, उपकरण सहित आपतकालिन उपचारका लागि तयारी अवस्थामा रहन मन्त्री बस्नेतले निर्देशन दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा शुक्रबारदेखि ललितपुरमा सुरु भएको आपतकालिन चिकित्सा टोलीको राष्ट्रिय कार्यशालाको उद्घाटनका अवसरमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले हाम्रो जस्तो भूगोल भएको देशका जति बेला पनि आपतकाल आउन सक्ने भएकाले संभावित जोखिमलाई ध्यानमा राखेर आपतकालिन अवस्थामा उपचार सेवा प्रदान गर्न सक्ने गरि पूर्व तयारी आवश्यक रहेको बताए । National work shop

मन्त्री बस्नेतले भने, ‘आपतकाल कति बेला आउछ अन्दाज गर्न सकिदैन । हाम्रो देशमा हरेक वर्ष जसो बाढीपहिरो आएकै हुन्छ । त्यसैले समयमा यसको व्यवस्थापन कसरी गर्ने भन्ने योजना बनाएर अगाडि बढ्यौ भने उपचार सेवाबाट बन्चित हुनुपर्ने अवस्था रहदैन।’

आपतकालित अवस्था आउनु भन्दा पहिले नै हामीले कम्तिमा पनि संभावित क्षेत्रहरुमा खाद्यान र औषधि पुर्याउन सकेको खण्डमा आपतकालिन अवस्था पनि उपचार सेवा दिन सकिने बताउदै मन्त्री बस्नेतले सिमित श्रोत र साधनकाबिच पनि उपचार सेवा प्रदान गर्नु पर्ने स्वास्थ्यकर्मीको दायित्य भएको स्मरण गराए । यसको लागि सरकारले संभावित क्षेत्रमा औषधि पठाइसकेको मन्त्री बस्नेतले जानकारी दिए ।Work lalitpur

मन्त्री बस्नेतले आपतकालिन अवस्थाको स्वास्थ्य सेवा प्रदान गर्न सहज हुने गरि छुट्टै फण्डको व्यवस्था नभएको बताउदै आपतकालिन अवस्थाको उपचार सेवा प्रदान गर्नका लागि एउँटा छुट्टै फण्ड बनाउने गरि आफुले पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘ आपतकालिन उपचार फण्डमा सबै दाताहरुले पनि सहयोगको हात अगाडि बढाउनु आवश्यक छ । ’

कार्यशाललाई सम्बोधन गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य मन्त्रालयले आपतकालिन अवस्थाको उपचारका लागि देश भरिका २५ वटा अस्पतालहरुलाई हव हस्पिटल बनाएर त्यहाँको जनशक्ति तयारी अवस्थामा राखिएको बताए । उनले भने, कुनै ठाउँमा संकट आइपर्दा सबै एक ठाउँमा आएर संकट व्यवस्थापन गर्न सक्षम छौ । सात वटै प्रदेशमा आपतकालिन सेवा केन्द्र मार्फत काम भइरहेको र त्यसको नेतृत्व सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरुले गरिरहेको डा. सिंहले बताउनुभयो।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा.राजेश सम्भाजीराव पाण्डवले आपतकालिन अवस्थाका बेला समेत उपचार सेवा प्रभावित नहोस भन्ने कुरा दिमाकमा राखेर सबै स्वास्थ्यकर्मीले काम गर्न आवश्यक रहेको बताए । आकस्मिक उपचार सेवा प्रदान गर्न चाहेर मात्र नहुने बताउदै उनले त्यस्तो बेला आवश्यक औषधि र जनशक्तिको पनि उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिए । उनले विश्व स्वास्थ्य संगठन नेपाल सरकारलाई सहयोग जारी राख्ने बताए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा अनुगमन महासाखाका निर्देशक डा. मदन उपाध्याय र मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले आपतकालिन उपचार सेवा दिन स्वास्थ्यकर्मी तयारी अवस्थामा बस्नु पर्नेमा जोड दिएका थिए । शनिबारसम्म चल्ने कार्यशालामा विश्व स्वास्थ्य संगठन हेड क्वाटर , सेरोका विज्ञहरु सहित सात वटै प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशकहरु, फोकल पर्सन र आपतकालिन उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Emergency servicesMohan Basnet
SummarizeShare269ScanTweet147

Related articles

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता

by Nam Raj Bhatta
October 2, 2026
0

ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाले छत्रपाटी निःशुल्क चिकित्सालय र सामुदायिक स्वास्थ्य परिषदसँग सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर  कार्यवाहक प्रमुख सुनिता...

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

by Nam Raj Bhatta
October 2, 2026
0

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। यस्तै समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्। शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई समितिमा नियुक्त गरिएको...

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

by Nam Raj Bhatta
October 2, 2026
0

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। शुक्रबार नवनियुक्त अध्यक्ष पाण्डेले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध

सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित

by Nam Raj Bhatta
October 1, 2026
0

स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको महँगी, प्रोत्साहन भत्तासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएसम्म करार सम्झौता नवीकरण नगर्ने अडान लिएका स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरूलाई निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सम्झौताका...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    882 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    701 shares
    Share 301 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • काठमाडौं महानगरद्वारा ज्येष्ठ नागरिकहरुको निःशुल्क उपचारका लागि अस्पतालहरुसँग सम्झौता
  • भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त
  • डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
  • सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित
  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.