सिन्धुपाल्चोक, १९ माघ २०७७
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका जनस्वास्थ्य प्रमुख दुर्गा दत्त चापागाई सम्मानित भएका छन् । कोभिड १९ रोग रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका साथै कोभिड १९ बिरुद्धको खोप अभियान संचालनमा खेलेको भूमिकालाई उच्च मुल्यांकन गर्दै रेडक्रस जिल्ला शाखाले चापागाईलाई सम्मान गरेको हो ।
सरकारले सुरु गरेको खोप अभियान सिन्धुपाल्चोकमा चलिरहेको छ । आज कारागारमा रहेका कौदीबन्दीहरुलाई खोप लगाइदै छ।
कोरोना नियन्त्रणमा उत्कृष्ठ काम गरेवापत चापागाईलाई राष्ट्रपतिबाट जनसेवाश्री पुरस्कार दिने घोषणा गरिसकेको छ।