काठमाडौं, ४ असोज २०७९
औषधि व्यवस्था विभागले फार्मेसी अधिकृत र फार्मेसी सुपरभाइजर पदमा रोजगारीको अवसर खुला गरेको छ।
विभागले मंगलबार सुचना सार्वजनिक गरी १५ जनाका लागि करारमा रोजगारीको आवेदन खुला गरेको हो।
विभागले ५ जना फार्मेसी अधिकृत र १० जना फार्मेसी सुपरभाइजर पदमा पदपूर्ति गर्ने सूचना निकालेको छ। सूचना अनुसार योग्यता पुगेका इच्छुकले आगामी २४ असोज भित्र दरखास्त दिनुपर्ने हुन्छ।
सुचना हेरौं