काठमाडौं, १९ असार २०८०
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसे नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
डा. चालिसे भक्तपुर अस्पतालमा लामो समयदेखि नै कार्यरत थिए। डा. चालिसेले आज कार्यकारी निर्देशक पदको नियुक्ती पत्र बुझिसकेका छन्। यस अघि क्यान्सर अस्पतालको निर्देशक डा विष्णुदत्त पौडेल हुनुहुन्थ्यो।