ललितपुर, ८ मंसिर २०७९
ललितपुर क्षेत्र नं ३ मा माओवादीकी उम्मेदवार पम्फा भुसाल र एमालेका उम्मेदवार अमृत खड्कालाई पराजित गर्दै स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्कीले ऐतिहासिक जित हात पारेको छ।
अन्तिम मत विवरण आउँदा राष्ट्रिय स्वतन्त्र पार्टी डा. तोसिमा कार्की ३१ हजार १३६, एमालेका अमृत खड्का १२ हजार ९६३ र माओवादी केन्द्रकी पम्फा भुसालको ८ हजार ७६९ मत आएको हो।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट पम्फा भुसाल निर्वाचित भएकी थिइन्। तर यसपटक भने उनी तेस्रो स्थानमा रहन पुगिन्। यस अघि भुसाल वर्तमान मन्त्री पनि हुन्।
लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले डा. कार्कीको उम्मेदवारी खारेज गरेको थियो। तर, सर्वोच्चको फैसलाबाट उनको उम्मेदवारी कायमै रहेको थियो। डा. कार्की शल्य चिकित्सक पनि हुन्।