कैलाली, ६ वैशाख २०८०
प्रादेशिक आयुर्वेद चिकित्सालय सुदुरपश्चिम प्रदेश धनगढीको निमित्त निर्देशकको जिम्मेवारी डा. सूर्य उपाध्यायले पाएका छन्।
सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेशले वैशाख ६ गते मन्त्रीपरिषद् निर्णय गर्दै आयुर्वेदिक चिकित्सक डा. उपाध्यायलाई प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीको आर्थिक तथा प्रशासनिक अधिकार सहित निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो।
उहाँ आठौं तहका कर्मचारी हुन्। यसअघि पनि प्रादेशिक आयुर्वेद चिकित्सालयमै रहेर सेवा दिदै आएका छन्।