काठमाडौं, २२ जेठ २०८०
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा डा. श्रीप्रसाद अधिकारीले २१ औं निर्देशक बन्दै पदभार ग्रहण गरेका छन्।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका थिए।
यस अघि अस्पतालका निर्देशक डा. पवनजंग रायमाझीलाई स्वास्थ्य मन्त्रालयमा तानेको छ।
स्वास्थ्यमा अस्पताल र विभागमा गरी करिब २० जनाको सरुवा भएको थियो । स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. दिपेन्द्र रमण सिंहलाई भने यथावत् राखिएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र उनको स्थानमा डा. बद्री रिजाललाई आएका छन् । डा. चुमनलाल दास भने स्वास्थ्य मन्त्रालय तानिएका छन्।