काठमाडौं, १७ जेठ २०८०
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा डा. श्रीप्रसाद अधिकारी नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले डा. अधिकारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
अस्पतालका निर्देशक डा. पवनजंग रायमाझीलाई हटाउँदै डा. अधिकारीलाई जिम्मेवारी दिइएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ। डा. अधिकारीले निर्देशकको पत्र बुझिसकेका छन्।
स्वास्थ्यमा अस्पताल र विभागमा गरी करिब २० जनाको सरुवा भएको छ । स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. दिपेन्द्र रमण सिंहलाई भने यथावत् राखिएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र उनको स्थानमा डा. बद्री रिजाललाई ल्याइएको छ । डा. चुमनलाल दासलाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।