काठमाडौं, १३ असार २०७९
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला, यौन तथा कुष्ठरोग रोग विशेषज्ञ डा. शिवेन्द्र झा सहित १४ जना चिकित्सकलाई अस्पतालहरुमा फोकल पर्शन राखेको छ।
मेची हस्पिटल झापा भद्रपुरबाट डा. केशव ढकाल, कोशी हस्पिटल बिराटनगरबाट डा. सिबि झा, बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. सुचना मरहठ्ठा, जनकपुर हस्पिटलबाट डा. राम ज्ञान यादव, विरगंज हस्पिटलबाट डा. अतुलेश कुमार चौरसिया, गण्डकी पोखराबाट डा. आनन्द नेपाललाई फोकल पर्शन बनाइएको छ।
त्यस्तैगरी भरतपुर केन्द्रीय अस्पतालबाट डा. शशी हिराचन, बिर अस्पतालबाट डा. निरज पराजुली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डा. मणिक काफ्ले, लुम्बिनी प्रादेशिक अस्पतालबाट डा. मनि लाल श्रेष्ठ, भेरी अस्पतालबाट डा. बद्री चापागाईं, सुर्खेत हस्पिटलबाट डा. सुस्मिता प्रधान र सेती प्रादेशिक अस्पतालबाट डा. दिनेश शिवाकोटीलाई शिफारिस गरेको हो। यी सबै चिकित्सकहरु छाला रोग विशेषज्ञहरु हुन।
केही दिन अगाडि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यी चिकित्सकहरुलाई फोकल पर्शनमा शिफारिस गरेको हो।
करिब १० दिन अगाडि मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंकिपक्स शंकास्पद बिरामी भर्ना भएको थियो। त्यो बिरामीको परीक्षण गर्दा कुष्ठरोग पत्ता लागेको थियो।
यी फोकल पर्शनको नाम, ठाउँ र सम्पर्क मोबाइल नम्बर सुचनाबाट हेर्न सकिन्छ।