काठमाडौं, २१ असार २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रालाई स्वास्थ्य सेवा तर्फ प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लोक सेवा आयोगले पठाएको दुई जनाको नाम मध्येबाट डा. मिश्रालाई १२ औँ तहमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १४ असारमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्यको १२ औँ तहको रिक्त एक पदमा बढुवाका लागि दुई जनाको नाम सिफारिस गरेको थियो । उक्त समितिले डा. टंकप्रसाद बराकोटी र डा. मिश्राको नाम रहेको थियो ।