बुटवल २३, बैशाख
चीन सरकार कान्सु प्रान्तको सहयोग र राष्ट्रिय चिकित्सक संघ नेपाल (NDAN) लुम्बिनी शाखाका महा–सचिव
डा. सागर न्यौपाने संयोजनमा Covid-19 नियन्त्रणका राहत सामाग्रिहरू २० हजार थान सर्जिकल माक्स र १००० सेट पि.पि.ई. संस्कृति पर्यटन तथा नागरिक उद्दयन मन्त्रालय मार्फत बागमती प्रदेश र प्रदेश नं. ५ सरकारलाई प्रदान गरियो । सोही क्रममा आज चीन सरकार कान्सु प्रान्तको प्रतिनिधि पूर्व चिनिया उपल्लो सदन सदस्य डा. होङ्ग होङ्गले प्रदेश नं. ५ का माननिय सामाजिक विकास मन्त्रि सुदर्शन बरालज्यूलाई हस्तान्तरण गरिएको लुम्बिनी शाखाका महासचिव डा. सागर न्यौपानेले बताउनु भयो ।
सो कार्यक्रममा प्रदेश सांसद तथा नेकपा प्रदेश नं. ५ का स्वास्थ्य कमिटिका सहईन्चार्ज माननीय डा. कृष्ण न्यौपानेज्यू, लुम्बिनी प्रादेशिक अस्पतालका विकास समिति अध्यक्ष सूर्य भट्टराईज्यू, NDAN लुम्बिनी शाखाका सल्लाहकार / लुम्बिनी प्रादेशिक अस्पतालका मे.सु. डा. राजेन्द्र खनालज्यू, NDAN केन्द्रिय कमिटी सदस्य डा. प्रसान्त आचार्यज्यू, डा. नेत्र राना ज्यू, नेपाल मेडिकल एशेसिएशन लुम्बिनी शाखाका अध्यक्ष डा. इन्द्र ढकालज्यू, NDANका निवर्तमान अध्यक्ष/नेपाल मेडिकल एशोसियशनका महासचिव डा. सन्तेष पोखरेलज्यू, NDAN लुम्बिनी शाखाका सल्लाकार डा. गोकर्ण पन्थी लगायत पत्रकारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा NDAN लुम्बिनी शाखाका अध्यक्ष डा. समिर आचार्यले कार्यक्रममा उपस्थित पत्रकारज्यूहरूलाई संगठनको तर्फबाट KN95 माक्स १ थान ग्लोब्स र स्यानिटाईजर सहितको प्याकेट साथै माननीय मन्त्रिज्यू समक्ष सम्पूर्ण Frontline स्वास्थ्यकर्मीहरूको लागि निःशुल्क RDT जाँचको व्यवस्था मिलाईदिन हुन पहल सहित ज्ञापन पत्र बुझाउनु भएको थियो ।
चीनिया सरकारका प्रतिनिधि डा. होङ्ग होङ्गज्यूले कान्सु प्रान्त सरकारले नेपाल सरकारको कोभिडको प्रकोप नियन्त्रण अभियान प्रति एक्यवद्धता जनाउँदै आगामि दिनहरूमापनि प्रदेश नं. ५ सरकारसँग सहकार्य गर्दै अगाडी बढ्न चाहेको जानकारी जनाउनु भयो । माननीय मन्त्रि सुर्दशन बरालज्यूले चीनको यो सहयोग सहरानिय रहेको र आगामी दिनहरू कान्सु प्रान्तसँग सहकार्य गर्न इच्छ्या व्यक्ति गर्दै राष्ट्रिय चिकित्सक लुम्बिनी शाखालाई धन्यवाद दिदैं RDT लागु गर्ने प्रतिबंधता व्यक्त गर्नुभयो ।
कार्यक्रम लुम्बिनी शाखाका अध्यक्ष डा. समिर आचार्यको अध्यक्षता र राष्ट्रिय चिकित्सक संघ नेपालका केन्द्रिय कमिटि सदस्य डा. सम्राट पराजुलीज्यूले संचालन गर्नुभएको थियो ।