काठमाडौं, १८ जेठ २०८०
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्।
स्वास्थ्यमन्त्री मोहन बस्नेतले बुधबार महाशाखाको निर्देशकमा डा. मरासिनीलाई जिम्मेवारी दिएका छन्। मरासिनी ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट थिए।
महाशाखाका निर्देशक डा. चुमनलाल दासलाई मन्त्रालयमा तानिएको छ। यस्तै ट्रमा सेन्टरमा डा बद्री रिजाललाई जिम्मेवारी दिइएको छ।
यसैगरी, राष्ट्रिय तालिम केन्द्रमा डा. अनुज भट्टचनलाई जिम्मेवारी दिइएको छ। यस्तै, राष्ट्रिय तालिम केन्द्रमा रहेका यदुचन्द्र गौतमलाई मन्त्रालय तानिएको छ।














