काठमाडौं , ७ असार
फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) न्याम्स वीर अस्पतालको अध्यक्षमा डा. भुपेन्द्र कुमार बस्नेत निर्वाचित भएका छ्न।
एफडीएको न्याम्स वीर अस्पतालको आइतबार भएको भेलाले प्राध्यापक डा. बस्नेतको अध्यक्षतामा नयाँ कार्यकारी समिति गठन गरेको छ। समितिको उपाध्यक्षमा डा. दीपक थापामगर र प्राडा सुधांशु केसी, महासचिवमा डा. ऋषिकान्त अर्याल र डा दिपक दत्त , कोषाध्यक्षमा डा सुरेन्द्रलाल श्रेष्ठ, सहकोषाध्यक्षमा डा. समाज गौतम चयन भएका छन्।
यसैगरी, सदस्यहरुमा प्राडा हेन्सन खड्का, डा अनिप जोशी, डा सुरेशप्रसाद नेपाल, डा कीर्तिपाल सुवेदी, डा राकेश रोशन स्थापित, डा दिपक मल्ल र डा किशोर कुमार देव चयन भएको एफडीएले जानकारी दिएको छ।
महासचिव डा. अर्यालको नेतृत्वमा धेरै लामो समयपछी एफडीए संस्थाको पुनर्जीवन भएको छ । एफडीएका अनुसार बाँकी एक सदस्य पछि सर्वसहमतिले पारित गरेर राख्ने सहमति भएको छ।