काठमाडौं, १० वैशाख २०८०
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशकमा प्राडा. रत्नमणि गजुरेल नियुक्त भएका छन्।
त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले आइतबार प्राडा. गजुरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
प्राडा. उत्तमकृष्ण श्रेष्ठको चार वर्षे कार्यकाल शुक्रबार सकिएपछि उक्त पद रिक्त रहेको थियो। डा. गजुरेल यसअघि सेन्टरको कार्डियोलोजी विभाग प्रमुख थिए।