जुम्ला, ११ साउन २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद सदस्यमा डा. रमेश भट्टराईलाई नियुक्त गरेको छ।
प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले सोमबार डा. भट्टराईलाई परिषद् सदस्यमा नियुक्ति गर्नुभएको हो ।
प्रतिष्ठानका डीन डा भट्टराईलाई ३ वर्षको पदावधि रहने गरी मनोनित गरिएको हो । डा. भट्टराईलाई प्रतिष्ठान ऐन २०६८ को दफा ११ को उपदफा २ बमोजिम सदस्यमा मनोनित गरिएको हो।