Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

काउन्सिलमा २५ बुद्दे प्रतिबद्धता सार्वजनिक गरेका डा. राम थापाको माहोल बन्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
December 24, 2025
in News
Reading Time: 5 mins read
A A
0
काउन्सिलमा २५ बुद्दे प्रतिबद्धता सार्वजनिक गरेका डा. राम थापाको माहोल बन्दै
596
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ०९ पुष २०८२

नेपाल मेडिकल काउन्सिलको सदस्यमा उम्मेदवारी दिएका डा. राम थापा क्षेत्रीको काठमाडौं उपत्यका बाहिरको चुनाब सकिदा माओल तिब्र बन्दै गएको छ।

युवा एवम् सामाजिक अभियान्ता डा. क्षेत्रीले पछिल्लो समयमा मेडिकल काउन्सिलमा सोचेजस्तो सुधारका कामहरु गर्न नसकेर काउन्सिलमा आउन खोजेको बताएका छ्न।

डा. क्षेत्रीले कोरोनाको समयमा उल्लेखनीय काम गरेर नेपाल सरकारबाट प्रवल जनसेवा श्रीपदक र राष्ट्रिय युवा प्रतिभा पुरुस्कार पाएका छ्न।

यस्ता छ्न डा.क्षेत्रीका २५ बुदे प्रतिबद्धता

१. नेपाल मेडिकल काउन्सिलका सबै बैठकहरुमा सक्रिय रुपमा सहभागी हुनेछु । काउन्सिलले दिने जस्तोसुकै नीतिगत जिम्मेवारी निष्ठा र इमानदारीताका साथ पूरा गर्नेछु ।

२. NMC लाई संस्थागत रुपमा बलियो बनाउन प्रयास गर्नेछु ।

३.  NMC मा उत्कृष्ट सूचनाप्रविधीको प्रयोग गरि Smart Technology मार्फत झन्झटिलो कागजी प्रक्रिया अन्त्य गर्न पहल गर्नेछु ।

४. परीक्षा प्रणालीलाई विकेन्द्रीकरण गर्न मेरो जोड रहनेछ ।

५. NMC लाई प्रादेशिक स्तरमा पनि विस्तार गर्न वकालत गर्नेछु ।

६. नेपालको चिकित्सा क्षेत्रमा काउन्सिलको अनुगमन  प्रभावकारी बनाउन योगदान दिनेछु ।

७. नेपाल सरकारसङ्ग नजिक रहेर काउन्सिल र आम नागरिक बीचको सम्बन्धलाई अझै विश्वासिलो बनाउन विशेष पहल गर्नेछु ।

८. काउन्सिलमा प्राप्त भएका उजुरीहरुको तत्काल निरुपण गरि प्रतिवेदन बुझाउन प्राथमिकता दिनेछु ।

९. नेपाल मेडिकल काउन्सिलमा अध्ययन अनुमती लिई स्वदेश तथा विदेशमा अध्ययनरत विद्यार्थीहरुको समस्या समाधान गर्न विशेष पहल गर्नेछु।

१०.Medical Malpractice लाई कडा अनुगमन गरी कारबाहीको दायरामा ल्याउन पहल गर्नेछु ।

११. Intern/ Residents लाई निर्वाह भत्ता र अन्य सुविधाको नीतिगत निर्णय गराई समयमै प्रदान गर्न पहल गर्नेछु ।

१२. NMC का सबै गतिविधि र निर्णयहरु मासिक रुपमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न पहल गर्नेछु ।

१३. Fellowships कार्यक्रममा आवद्ध भएका चिकित्सकलाई निर्वाह भत्ताको काउन्सिल मार्फत पहल गर्नेछु ।
१४. उपभोक्ता अदालत सम्म बिरामी पुग्ने अवस्थाको अन्त्य गर्न NMC को छानबिनलाई द्रुत र प्रभावकारी बनाउन पहल गर्नेछु

१५. नेपाल मेडिकल काउन्सिललाई नेपालको चिकित्सा क्षेत्रको आधारस्तम्भको रुपमा आम जनताको माझ विश्वासको वातावरण सिर्जना गर्न मैले विशेष भूमिका निर्वाह गर्नेछु ।

१६. नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसङ्ग सहकार्य गर्दै नेपालको सरकारको स्वास्थ्य नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न जोड दिनेछु ।

१७. नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका सबै चिकित्सक र तिनका आश्रित परिवारहरुको उपचारमा विशेष सहुलियतको व्यवस्था गर्न विशेष नीतिगत पहल गर्नेछु ।

१८. सबै रजिस्ट्रड चिकित्सकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा संस्थागत रुपमा आवद्धता गराउन पहल गर्नेछु ।

१९.विदेशबाट अध्ययन पूरा गरि आउनु भएका चिकित्सकहरुको उपाधिको समकक्षता हुने समस्याको निरुपण गरि आवश्यक ढिलासुस्ती अन्त्य गर्न पहल गर्नेछु ।

२०. नेपाल मेडिकल काउन्सिललाई दक्षिण एसिया र अन्तर्राष्ट्रिय क्षेत्रका मेडिकल काउन्सिल सङ्ग समन्वय र सहकार्य गरि नेपालको चिकित्सा क्षेत्रलाई अझै सबल, सक्षम र व्यवस्थित बनाउन कुटनीतिक पहल गर्नेछु ।

२१.विभिन्न घटनाहरुमा फरेन्सिक जाँच तथा Medicolegal Cases हरुमा सम्बन्धित विषयमा संलग्न चिकित्सक माथी अनावश्यक दबाब दिने उपर कारबाहीको दायरामा ल्याउन नीतिगत निर्णय गराउनेछु ।

२२.   कार्यक्षेत्रमा खटिने सम्पुर्ण चिकित्सकहरुको सुरक्षाका लागि नेपालका सुरक्षा निकायहरुसङ्ग आवश्यक सहयोग, समन्वय र सहकार्य गरि भयरहित वातावरणमा  नेपाली जनताको स्वास्थ्य उपचारमा सरिक हुने अवस्थाको प्रत्याभूती दिलाउन पहल गर्नेछु ।

 २३. FCPS कार्यक्रम पुन: सुचारू गर्न विशेष पहल गर्नेछु ।

२४. नेपाल मेडिकल काउन्सिलमा रजिस्ट्रड चिकित्सकहरुलाई कल्याणकारी सुविधाहरुको व्यवस्था  राज्यद्वारा प्रदान गरिने विभिन्न सेवा सुविधाहरुमा विशेष छुट तथा सहुलियतका लागि  नेपाल सरकार लागि नीतिगत निर्णय गर्न पहल गर्नेछु ।

२५. नेपाल मेडिकल काउन्सिलको ऐन, विधान, नियमावली र निर्देशिकाको मातहत रही संस्थागत हितमा अहोरात्र सेवा गर्नेछु

Tags: Nepal Medical Council
SummarizeShare238ScanTweet149

Related articles

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

by Nam Raj Bhatta
September 15, 2026
0

नेपाल चिकित्सक संघ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सक संघका सदस्यहरुलाई सुविधा दिने गरी दुई संस्थाबीच सम्झौता भएको हो। चिकित्सक संघमा आबद्ध...

दार्चुला जीप दुर्घटनामा परेका ५ जना घाइतेको उपचार निसर्ग अस्पतालमा हुँदै

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

by Nam Raj Bhatta
September 15, 2026
0

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष प्रोटिन परीक्षण सेवा सुरु भएको छ। जटिल रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको नियमित निगरानीमा महत्वपूर्ण मानिने...

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

by Nam Raj Bhatta
September 15, 2026
0

हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पवित्र पाशुपत क्षेत्रमा सञ्चालन गरेको...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    878 shares
    Share 351 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    696 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.