काठमाडौं, २ जेठ २०७९
करुणा अस्पतालका सिइओ एवम् न्यूरो सर्जन डा. राम कुमार श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन्।
डा. श्रेष्ठ सहितको टोलीले सोमबार बिहान सगरमाथाको सफल आरोहण गरेको हो।

डा श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेपछि करुणा अस्पताल प्रशासनले खुशी व्यक्त गरेको छ। अस्पताल तथा उहाँका साथीहरुले डा. श्रेष्ठलाई स्वागत गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन।















