आज मिति : २०८२ माघ २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कोरोना संक्रमणमा आशाका चहकिला किरणहरु देखिएका छन् डा. पाण्डे

HNN Staff by HNN Staff
June 21, 2020
in News
A A
0
कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

हालसम्म विश्वमा झन्डै ९० लाख व्यक्ति कोरोना संक्रमणबाट संक्रमित भएका छन् । ती मध्ये लगभग ४८ लाख व्यक्ति निको भएका छन्, ३६ लाखभन्दा धेरै व्यक्तिमा सामान्य अवस्थामा छन् भने १ % मात्र अर्थात लगभग ५५ हजार व्यक्ति गम्भिर बिरामी   छन् । विश्वमा लगभग ४ लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश ७० वर्षभन्दा बढी उमेरका संक्रमित जसलाई गम्भिर किसिमको दीर्घरोग छ, उनीहरुमध्ये लगभग २० % को मृत्यु भएको छ । तसर्थ कोरोना संक्रमण डरलाग्दो वा धेरै घातक रोग हैन भनेर बैज्ञानिक पुष्टि भएको छ ।

कोरोना संक्रमणबारे यी तथ्यहरुले बताउँछन् कि हामी यो रोगमा सतर्क भए पुग्छ, धेरै डराउनु पर्दैन ।

– सबै संक्रमित व्यक्तिले कोरोना सार्न सक्दैनन् ।लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले गरेको अनुसन्धान तथा बर्न युनिभर्सिटीको अध्ययन अनुसार १० – २० % संक्रमित व्यक्तिले मात्र संक्रमण सार्न सक्छन ।जसलाई सुपर स्प्रेडर भनिन्छ ।

– मास्क लगाएर हिंड्दा, संक्रमितसंग छोंटो कुरा गर्दा तथा मास्क लगाएर भीडलाई अत्यन्तै छिटो गतिले पार गर्दा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ

– फलफुल, तरकारी, दुधको प्याकेट, खाधान्न आदिलाई सामान्य सफा गरेर प्रयोग गर्दा तथा साबुनपानीले हात धोएर प्रयोग गर्दा कोरोना संक्रमण सर्दैन ।

– पानीबाट कोरोना संक्रमण सर्दैन ।

– खुला ठाउँमा कोरोना संक्रमण सर्ने सम्भावना निकै कम हुन्छ । झ्यालढोका लगाएको तथा एसी प्रयोग हुने बन्दकोठामा कोरोना भाइरस केहि घण्टा रहन सक्छ ।

– अध्ययनले देखाए अनुसार कोरोना भाइरस १-२ व्यक्तिको सम्पर्कले भन्दा भीडभाड वा बन्द कोठामा हुने भेलाले सर्ने सम्भावना धेरै हुन्छ ।

– लक्षण नदेखिने कोरोना संक्रमित व्यक्तिबाट अन्य व्यक्तिलाई रोग सर्ने दर एकदम कम हुन्छ ।

– एकपटक कोरोना संक्रमण भएको व्यक्तिमा सामान्यतया अर्कोपटक संक्रमण हुँदैन । संक्रमण भएपनि अरुलाई सार्न सक्दैन तथा स्वयंलाई पनि खतरा हुँदैन भनेर कोरिया तथा चीनमा भएका अध्ययनले पुष्टि गरेका छन् ।

– कोरोना संक्रमण भएको व्यक्तिले संक्रमण भएको ११ दिनपछि अन्य व्यक्तिलाई सार्न सक्दैन भनेर सिंगापुरमा भएको अध्ययनले पुष्टि गरेको छ । यसमा केहि अपबाद हुनसक्छ ।

– एकपटक संक्रमण भएर निको भएको व्यक्तिको शरीरमा कोरोना संक्रमणसंग लड्न सक्ने एन्टिबोडी तयार हुन्छ । त्यसपछि उक्त व्यक्ति मास्क नलगाइ आफ्नो काम गर्न,  निर्धक्क भएर हिंडडुल गर्न सक्छ ।

हामीले थाहा पाएर वा नपाएर एकपटक संक्रमण भएपछि हाम्रो शरीरले यो भाइरसलाई परास्त गर्ने एन्टिबोडी बनाउँछ । जसबाट यो भाइरसको पुन खतराबाट बच्न सकिन्छ । यो इम्युनिटी कति समय रहन्छ भन्ने बारे निर्क्यौल नभएपनि १-१० बर्ष रहन्छ भनेर बिभिन्न अध्ययनले जनाएका छन् ।

फ्रान्सका सामान्य संक्रमित १६० डाक्टर तथा नर्समध्ये १५९ जनाले ४१ दिनपछि गरिएको परीक्षणमा एन्टिबोडी बिकास गरेको जनाइएको छ

– कोरोना संक्रमित ९० % व्यक्तिलाई सामान्य लक्षण देखिएर वा नदेखिएर पनि आफै निको हुन्छ | चीनको बुहानमा ४८५ जना कोरोना संक्रमितमाथि गरिएको अध्ययनले देखाएको छ कि संक्रमण भएको १० दिनभित्र रगतजांचमा निम्न यी ३ अवस्था देखिएमात्र गम्भिर हुनसक्छन् ।

१. LDH ( Lactic dehydrogenase ) नामक enzyme बढेमा ।

2. WBC अर्थात lymphocytes को संख्या घटेमा ।

3. High- sensitivity C-reactive Proteins, जसले स्वाश्प्रश्वासमा सुजनको लागि भूमिका खेल्छन ।

यी ३ अवस्था देखिएमा संक्रमित गम्भीर हुनसक्छ, अन्यथा हुँदैन भनेर अनुसन्धानले देखाएको छ ।यसबाट उपचार ब्यबस्थापनमा सजिलो हुन्छ र मृत्युदर कम हुन्छ ।

– युनिभर्सिटी कलेज लन्डन ( UCL ) मा भएको अध्ययनले बताएको छ कि कोरोना भाइरसको म्युटेसन हुँदै जाँदा भाइरस कमजोर बन्दै गएको छ।नोबेल कोरोना भाइरसले उत्पादन गरेका २७३ म्युटेसन, जसमध्ये ४३ वटा सक्रिय छन । म्युटेसन भएका ३१ वटा प्रजातिको अध्ययन गर्दा ती भाइरस ओरिजिनलभन्दा कमजोर देखिएका छन् ।
तसर्थ हामीले कमजोर भाइरसको सामना गर्नुपर्दा जोखिम कम हुन्छ ।

– याले युनिभर्सिटीमा गरिएको अध्ययनले देखाएको छ कि फोहोरमा कोरोना भाइरस परीक्षण गर्दा ठूलो मात्रामा भाइरसको लोड देखिएमा त्यो सहरमा अर्को हप्ता संक्रमण ब्यापक हुनसक्छ । यसबाट आबश्यक रणनीति बनाउन सजिलो हुन्छ ।

– अक्सफोर्ड सेन्टर अफ एभिडेन्स मेडिसिन ( CEBM ) का अनुसार कोरोना संक्रमणको बास्तबिक मृत्युदर बढीमा ०.५ – १ % मात्र छ ।उनीहरुका अनुसार मृत्यु हुनेमा अन्य रोगबाट मृत्यु भएका तर उनीहरुमा कोभिड १९ पोजिटिभ देखिएका धेरै छन् । अर्थात कोभिड १९ बाट मात्र मृत्यु हुनेको संख्या बढीमा ०.१ % र घटीमा ०.२६ % मात्र छ ।

– खोप आविष्कारको लागि लागिपरेका सयभन्दा बढी प्रयोगशालामध्ये चीन, अमेरिका, इटली, इजरायल, बेलायत लगायतका देशका केहि प्रयोगशाला मानवमा परीक्षण गर्ने चरणमा पुगेका छन् । 

खोप पत्ता लाग्नासाथ आवश्यक पर्ने एम्पुल लगायत सबै सामग्री ठूलो मात्रामा तयार गरिएको छ । खोप पत्ता लागेमा नाफारहित ढंगले वितरण गर्नको लागि धेरै ल्याब तथा च्यारिटी तयार भएर बसेका छन् ।

– कोभिड १९ को उपचारमा इबोला, जापानिज इन्फ्लुएन्जादेखि स्टेरोइड ( डेक्सामेथासोन ) को प्रयोगले गम्भिर हुने तथा मृत्यु हुने बिरामीको संख्या घटिरहेको छ
– परीक्षणको ठूलो दायरा, क्वारेन्टाइन, आइसोलेसन, मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने, भीडमा नजाने लगायतका जनचेतनाको कारण कोरोना संक्रमण सर्ने, गम्भीर हुने तथा मृत्यु हुने दर घटिरहेको छ ।

– जनता अनुशाशित भएका देश चीन, ताइवान, कोरिया, जापान, भियतनाम, कम्बोडिया, आयरल्याण्ड, आइसल्याण्ड, न्युजिल्यान्ड, सिंगापुर, अष्ट्रेलिया, भुटान आदि देशमा कोरोना संक्रमणको प्रभाव निकै कम छ । सरकार जिम्मेवार र जनता अनुशाशित हुने देशमा कोरोना संक्रमणको ब्यबस्थापन निकै सजिलो भएको छ ।

– नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने आजको मितिमा संक्रमित ९०२६ जना पुग्दा मृत्यू २३ जनाको भएको छ।

Tags: #Dr.Rabindra Pandey#Health and population ministryCorona Virus #Covid19
Previous Post

अन्तराष्ट्रिय योग दिवसको अवसरमा स्वास्थकर्मी हरुलाई शिविर

Next Post

फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) न्याम्स वीर अस्पतालको अध्यक्षमा डा.भुपेन्द्र बस्नेत निर्वाचित

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
News

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

8 hours ago
1.6k
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
News

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

2 days ago
1.7k
काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

2 days ago
1.6k
निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)
News

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

2 days ago
1.7k
किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा
News

किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा

1 week ago
1.6k
३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
News

३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

1 week ago
1.6k
Next Post
फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) न्याम्स वीर अस्पतालको अध्यक्षमा  डा.भुपेन्द्र बस्नेत  निर्वाचित

फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) न्याम्स वीर अस्पतालको अध्यक्षमा डा.भुपेन्द्र बस्नेत निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (106)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,433)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.