काठमाडौं, १७ पुस २०७९
नेपाल चिकित्सक संघको निर्वाचनमा पदाधिकारीमा सबैभन्दा कान्छा उम्मेदवार डा. प्रशान्त भट्ट रहेका छन्।
डा. भट्ट चिकित्सक संघको प्रजातान्त्रिक प्यानलबाट केन्द्रीय उपाध्यक्ष (सुदुरपश्चिम प्रदेशको संयोजक) मा उठेका हुन्।
डा. अनिल कार्की टिमको प्यानलबाट उठेका डा. प्रशान्त भट्ट हाल माहाकाली प्रादेशिक अस्पतालमा महेन्द्रनगर कञ्चनपुरमा नाक, कान तथा घाँटी रोग विशेषज्ञको रुपमा कार्यरत छन्।
समाजिक सञ्जालमा कमै सक्रिय देखिंने युवा चिकित्सक डा. भट्ट भूकम्प र कोभिड माहामारीबाट निकै चर्चामा आएका थिए। डा. गोबिन्द केसीको आन्दोलनमा पनि डा. भट्टले अग्रपंक्तिमा रहेर काम गरेका थिए।

डा. भट्टले खोज तथा अनुसन्धानमा समेत राम्रो दख्खल राख्ने गरेका छन् । जर्नल अफ नेपाल मेडिकल एशसिएसनले सञ्चालन गर्ने शैक्षिक कार्यक्रम उनको सक्रिय सहभागिता रहेको छ ।
महाकाली प्रादेशिक अस्पतालमा लगभग २ महिना अगाडि भएको इमर्जेन्सी विभाग ड्युटीमा रहेका डाक्टरमाथि बिरामीको आफन्तले हातपात र दुव्र्यवहार गर्दा डा. भट्टले स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षा सम्बन्धी अध्यादेश ऐेन २०७९ अनुसार कारबाहीको माग गर्दै कडा सँघर्ष गरेका थिए।
डा. भट्टले नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस र चितवनको कलेज अफ मेडिकल साइन्सेजबाट एमएस तहको उपाधि हासिल गरेका थिए।














