नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् ।
गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशी लाई सदस्य सचिव पदमा नियुक्त गरेको हो । डा. जोशीले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
डा. जोशीले स्वस्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेको अनुभव पनि छ।
डा. जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस न्याम्सबाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन् ।
उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिपसमेत गरेका हुन् । यस अघि २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए ।
डा. जोशीले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट, गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा काम गरिसकेका थिए।






