नेपालगञ्ज , १४ माघ २०७७
बाँकेको नेपालगञ्जमा पहिलो खोप भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा .प्रकाश बहादुर थापाले लगाएर शुरुवात भएको छ। कोभिड खोप अभियान अन्तर्गत भेरी अस्पतालको केन्द्रमा आफूले पहिलो खोप लगाएको डा. थापाले बताएका छन् ।
बुधबार भेरी अस्पतालमा १२० जना स्वास्थ्यकर्मीले खोप लगाइएका छन्। भेरी अस्पतालमा ४ सय जना स्वास्थ्यकर्मीहरु रहेका छन्।
अबको एक हप्ता भित्र बाँके जिल्लामा ७ हजार ५ सय स्वास्थ्यकर्मीहरुले खोप लगाइसक्नु पर्ने लक्ष्य रहेको
डा . थापाले जानकारी दिनुभयो।
Comments 1