धनगढी, ४ जेठ २०७९
सामाजिक बिकास मन्त्री सुदुरपश्चिका गोबिन्द बोहराको स्वास्थ्य सल्लाहकारमा डा. प्रदिप मिश्रलाई जिम्मेवारी दिइएको छ।
माननीय मन्त्रीज्यूको निर्णय अनुसार स्वास्थ्य सम्बन्धी नीति निर्माण तथा योजना तर्जुमा लगायतका कार्यमा महत्वपूर्ण सुझाव सल्लाह सम्बन्धि नियमित रूपमा गर्ने गरी आजको मिति देखि सल्लाहकारको जिम्मेवारी दिएको सामाजिक बिकास मन्त्रीका निजि सचिव एवम् अस्पताल बिकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. चेतराज जोशीले जानकारी दिनुभयो।
सेति प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. मिश्र नेपाल चिकित्सक संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष समेत हुनुहुन्छ।