काठमाडौं, १९ साउन २०८०
सरकारले भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. पवनजंग रायमाझीलाई पठाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालको प्रमुख मेसुमा डा. रायमाझीलाई पठाएको छ।
वरिष्ठ छाला रोग विशेषज्ञ समेत रहेका अस्पतालमा डा. बद्री चापागईं प्रमुख मेसुका रुपमा कार्यरत थिए। मन्त्रालयले उनको स्थानमा डा. रायमाझीलाई पठाएको स्वास्थ्य मन्त्री मोहन बस्नेतको सचिवालयले जानकारी दिएको छ।