काठमाडौं, २४ चैत्र २०७९
राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति कार्यलयले डा. बमलाई निजी चिकित्सकको रुपमा नियुक्त गरेको हो।
चिकित्सा अध्ययन संस्थान अन्तर्गतको महारागञ्ज चिकित्सा क्याम्पसमा छाती रोग विशेषज्ञ डा. बम सहप्राध्यापकको रुपमा कार्यरत छन् ।
शुक्रबार दिउँसो राष्ट्रपतिको निजी चिकित्सक नियुक्तिको पत्र बुझेको डा. बमले बताए ।
सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवासुविधा लिन नमिल्ने भएकाले उनले त्रिवि शिक्षण अस्पतालको मात्रै सेवा सुविधा लिने उनको भनाई छ । त्रिवि शिक्षण अस्पतालका साथै राष्ट्रपतिको निजी चिकित्सकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने डा. बमको भनाइ छ ।
नेपालमा छाती रोगमा एमडी साथै विदेशबाट तालिम लिएका डा. बम नेपालका अब्बल चिकित्समा पर्छन् । डा. बम त्रिवि शिक्षण अस्पतालको कोरोना र्फोकल पर्सनको जिम्मेवारीमा छन्।