धनगढी, ३१ भाद्र २०७९
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी डा. निरज अर्यालले पाएका छन्।
सेती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. अर्याललाई सामाजिक विकास मन्त्रालयले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखमा खटाएको हो।
डा. अर्यालले शुक्रबार नै हाजिरी गरिसकेको बताएका छन्। स्वास्थ्य सामग्रीको आपूर्ति गर्ने यो कार्यालयमा सामाजिक विकास मन्त्रालयले यसअघि डा. अर्याललाई २०७७ असोजमा पनि निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो।
Comments 1