डा . श्रवण कुमार मिश्र, भाइरोलोजिष्ट, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , टेकु
नेपालमा कोभिड १९ रोगको संक्रमणको श्रोत संक्रमित व्यक्ति हो , संक्रमित रोगी फेला पर्नु संक्रमणको श्रोत पता लाग्नु हो ।तसर्थ जुन स्थानमा संक्रमित व्यक्ति फेला पर्दछ, त्यहाँका स्वास्थ्य मानिसहरुले खुशी मान्नु पर्दछ, साबधानी अपनाउनु पर्दछ र उनलाई अस्पतालमा राखेर उपचार गर्नु, उनको सम्पर्कमा आएका व्यक्तिहरुमा जाँच गराउन सहयोग गर्नु उपयुक्त हुन्छ ।
संक्रमित व्यक्तिलाई हेला गर्नु वा उनको परिवारलाई हेला गर्नु वा उनको सम्पर्कमा आएको व्यक्तिलाई हेला गर्नु संक्रामक रोग नियन्त्रणमा घातक साबित हुन् सक्छ । त्यस्तै रोग परिक्षणको रिपोर्टको आधारमा घरबेटी वा समाजले व्यक्तिलाइ घरमा बस्न दिने वा नदिने वा कुनै स्थान बिशेषमा छिर्न दिने वा नदिने पनि उचित होइन। लक्षण देखिएका संकास्पद बिरामीलाई जाँच गर्ने हो ।
जुन स्थानहरुमा यो रोग छ तर फेला परेको छैन त्यहाँ चिन्ताको बिषय हो । उक्त स्थानहरुमा रोगि पता लगाउन सम्पूर्ण समाजले सहयोग गर्नु पर्दछ । महत्वपूर्ण कुरा के हो भन्ने यो महामारी रहुन्जेल साबधानी अपनाउने हो: दुरी कायम गर्ने , साबुन पानीले हात धुने, मास्कको प्रयोग गर्ने, भिडभाडमा नजाने ।
रेपिड जाँचको परिक्षणको रिपोर्ट वा पी सी आर जाँचको परिक्षण रिपोर्ट हुदैंमा ढुक हुनु संक्रामक रोग नियन्त्रणमा लापरबाही गर्नु हो । शंका लागेका व्यक्ति वा लक्षण देखिएका व्यक्तिलाइ जाँच गराउनु पर्दछ । जाँच रिपोर्ट निगेटिभ भएपनि लक्षण देखिएमा अस्पताल जानु पर्दछ र चिकित्सकको सल्लाह अनुसार पुन: जाँच गराउनु पर्छ |