काठमाडौं, १२ असार २०८०
यस वर्षको राष्ट्रिय मदन भण्डारी पुरस्कार स्वास्थ्य विधामा डा. मिङ्मार शेर्पालाई दिइने भएको छ ।
मंगलबार पुरस्कार छनोट समितिले मदन भण्डारी राष्ट्रिय पुरस्कार स्वास्थ्यतर्फ डा. शेर्पालाई दिने निर्णय गरेको हो । मदन भण्डारी फाउण्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले मदन स्मृति दिवसको अवसरमा १४ असारमा उक्त पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक रहेका डा. शेर्पा टेलिमेडिसिन सेवा, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको विस्तार, दुर्गममा लामो समय सेवा र सरकारी सेवाबाट अवकासपछि पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन सक्रिय रहेका छन् । उनको योगदान सोलुखुम्बमा स्वास्थ्य प्राविधिक शिक्षा पुर्याउनमा पनि रहेको छ । पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।
डा. शेर्पा अहिले सोलुखुम्बमा रहेर ग्रामीण स्वास्थ्य सेवामा सक्रिय रहेका छन् ।