काठमाडौं, २२ माघ २०७८
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ( NHRC ) का प्रमुख अनुसन्धान अधिकृत समेत रहेका डा.मेघनाथ धिमालले ‘मेडिकल तथा हेल्थ साइन्स/पब्लिक हेल्थ तथा इन्भाईरोमेन्ट साईन्स’ विधा तर्फ अन्तराष्ट्रियस्तरको वर्ष वैज्ञानिक अवार्ड जित्ने नेपालको पहिलो डाक्टर बनेका छन्।
डा. धिमालले क्याडनाको इन्टरनेशनल एचिभमेन्टस रिसर्च सेन्टरले प्रदान गर्ने साइन्टिस्ट अफ दि ईयर २०२१ अवार्ड जित्नुभएको हो ।
सन् २०१६ देखि प्रदान गर्न थालिएको यो अवार्डका लागि विश्वभरका ती वैज्ञानिक व्यक्तिहरुको स्वास्थ्य अनुसन्धान तर्फको क्रियाशिलता, अन्तराष्ट्रिय कार्यक्रममा सहभागिता, रिसर्च पेपर, राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार, निजले देशमा पुर्याएको योगदान को मूल्यांकन आधारमा जुरी मेम्बरबाट विजेता छानिने गरिएको छ।
डा. धिमालले भने यो अवार्डका रिसर्च सेन्टरले खुल्ला प्रतिस्पर्धा गराएको थियो । विश्व भरिका स्वास्थ्य वैज्ञानिक तथा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । त्यसमध्ये एउटा अवार्डमा म छनौट भए ।