काठमाडौं, ६ मंसिर २०८०
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुनुभएको छ ।
वातावरणीय स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै धिमाललाई इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमले साइन्टिफिक एक्सिलेन्स अवार्ड प्रदान गरेको हो ।
डा. धिमाल वातावरणीय स्वास्थ्यका अनुसन्धानर्ता हुनुन्छ। उहाँको सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक लेखहरू प्रकाशित भएका छन् । डा. धिमालले उक्त अवार्डले आफुलाई हौसला प्रदान गरेको र वातावरणीय स्वास्थ्यको क्षेत्रमा आफ्नो क्रियाशिलता थप रहने प्रतिबद्धता जनाउनुभयो ।
इन्टिच्युट अफ ट्रपिकल मेडिसिन सँगको सहकार्यमा परिषद्ले जलवायु परिवर्तन र स्वास्थ्य असरसँग सम्बन्धित ३ दिने प्राज्ञिक सम्मेलन काठमाडौंमा हिजोदेखि चलिरहेको छ।