नुवाकोट, २९ असार २०८०
स्वास्थ्य र समाजसेवामा चर्चित नाम कमाएका डा. मनोर दिन सैयदको पहलमा किस्पांग-१,नुवाकोट अबस्थित नुचेत आधारभूत बिद्यालयका ४४ जना विद्यार्थीहरुलाई शैक्षिक सहायता स्वरूप तयारि पोशाक वितरण गरिएको छ ।
सो स्कुलका विद्यार्थीहरुलाई आपतकालीन राहत स्वरूप शैक्षिक सामाग्रीहरु वितरण गरिएको बिद्यालयका प्रधानाध्यापक श्री रबिन्द्र नाथ न्यौपानेले बताउनु भयो।
सो कार्यक्रमको संयोजन यशोदा देवी भगवान सिंह मेमोरियल ट्रस्ट द्वारा भएको थियो।
देशका अधिकांश भाग पुगी नि-शुल्क स्वास्थ्य सिविर/शल्यक्रिया र राहत वितरण कार्यहरु गरि चर्चा कमाउन सफल चिकित्सक डा. सैयदले आफुले शिक्षा नै बिकाशको मेरुदण्ड भनेर भविष्यमा आफ्नो समाजसेवालाई अझै बिस्तार गर्ने योजना बताउनुभयो। शैक्षिक सामाग्री प्राप्त गरेपछि विद्यार्थीहरु हर्षित भएको एक अभिभावकले जानकारी दिनुभएको छ ।