काठमाडौं, २१ असार २०७९
वरिष्ठ बाल तथा एलर्जी रोग विशेषज्ञ डा. महेशकुमार गौतमलाई लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा चयन गरेका छन्।
क्लवको पहिलो उपाध्यक्षमा डा. रुपेश शेरचन, दोस्रो उपाध्यक्षमा डा. रविन वस्नेत, तेस्रो उपाध्यक्षमा डा. एलिना कार्की, सचिवमा डा. सुजिता भण्डारी, कोषाध्यक्षमा डा.रेश्मा ढकाल, सह सचिवमा डा. मनिष थापा, सहकोषाध्यक्षमा डा. श्वेच्छा क्षेत्री रहनुभएको छ ।
यस्तै गरी क्लवको क्लव प्रशासनमा डा. आरति मल्ल, मार्केटिङ एण्ड कम्युनिकेसन विभागको अध्यक्षमा डा. एक राज दहाल, सर्भिस विभागको अध्यक्षमा डा. एलिसा महर्जन, मेम्मरसिप विभागको अध्यक्षमा डा. राकेश शाह, २ वर्षका लागि वोर्ड अफ डाइरेक्टरमा डा. विवेक खड्का र डा. सुवर्णध्वज थापा चयन हुनुभएको छ ।
यसैगरी क्लवको एक वर्षका लागि वोर्ड अफ निर्देशकमा डा. शिखर श्रेष्ठ, डा. दिपमाला कार्की र डा. विश्व ठाकुर चयन हुनुभएको छ ।
लायन्स क्लब अफ काठमाडौं रेडियन्समा १०० जना भन्दा बढी नेपाली डाक्टरहरु सदस्य रहेका छन् ।
कार्यभार सकिएर डा. मल्लले लायन्स क्लब अफ काठमाडौं रेडियन्स र नेपाल ओर्गान डोनेसन संस्थासँग ओर्गान डोनेसनसम्बन्धि जनमानसमा जनचेतना अभिवृद्धि गर्न सहकार्य गर्ने सहमतिमा दस्तखत गर्नुभयो ।
पूर्व अध्यक्ष डा. तेस्सु सिंह मल्लले डा. गौतमलाई एक वर्षको लागि १ जुलाई २०२२ मा कार्यभार हस्तान्तरण गर्नुभएको छ ।