काठमाडौं, ३० पुस २०७९
पश्चिम नेपालमा उदाएका युवा बालरोग विशेषज्ञ डा. किशोर खत्री नेपाल चिकित्सक संघको प्रजातान्त्रिक प्यानलबाट केन्द्रीय सदस्यमा सबैभन्दा बलिया उम्मेदवार रहेका छन्।
डा. खत्रीले राप्ती प्रादेशिक अस्पतालबाट नवजात शिशु तथा बालरोग विशेषज्ञको रुपमा सन् २०१२ मा यात्रा शुरु गर्नुभएको थियो।
डा. खत्रीले गरेका प्रमुख कामहरु
- राप्ती अञ्चलकै एक मात्र बाल अस्पताल तुलसी बाल अस्पतालको शुरुवात जसमा NICU र PICU सहितको सुबिधा।
- दाङ, रोल्पा, रुकुम, सल्यान, प्युठान, अर्घाखाँची र जाजरकोट लगायतका बासिन्दाहरुलाई सेवा दिदै।
- मेहनत, परिश्रम, नवजात शिशु तथा बाल मृत्युदरमा कमी गराउनमा विशेष भुमिका।
- अस्पतालमा आउने बिरामीलाई विशेष सुविधा सहितको उपचार र गरिबी असहायलाई निशुल्क उपचार।
- राप्ती अञ्चलको बिकट ठाउँमा गएर सयौं निशुल्क स्वास्थ्य शिविर।
डा. खत्री २०७९ सालमा सामाजिक सेवा पदकबाट विभुषित पनि भइसकेका छन्। डा. खत्री विगत एक दशकदेखि दाङको बाल स्वास्थ्यलाई गुणस्तरीय र सेवामुखी बनाउन अहोरात्र खटिएको र कोभिडको माहामारीमा पनि विशेषगरी बच्चाहरूको स्वास्थ्य उपचारमा कठिनबद्द भएर लागेका थिए।
डा. खत्रीले दाङका चिकित्सकहरुलाई सामाजिक, आर्थिक तथा मानसिक तवरले सुरक्षाको प्रत्याभूति दिलाउन अथक रूपमा प्रयासरत दाङको बाल स्वास्थ्य विधाको पहिलो डाक्टर मानिन्छन। उनले नेपाल चिकित्सक संघ दाङ शाखाबाट सन् २०१२ मा कोषाध्यक्ष, सन् २०१६ मा उपाध्यक्ष र सन् २०१९ मा वरिष्ठ उपाध्यक्ष पदमा बसेर जिम्मेवारी सम्हाल्दै आएका छन्।
डा. खत्री प्रजातान्त्रिक प्यानलबाट केन्द्रीय सदस्यको लागि लडिरहेका हुन्।
निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र मतदान हुँदैछ।